हुम्लाका संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

सिमकोट, ३० कार्तिक ।
नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गका कोरोना संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको छ । संक्रमितलाई स्वास फेर्क कठिन भएपछि आईतवार महंगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं उद्धार गरिएको हो ।

????????????????????????????????????

चार दिन अगाडि एनटिजिन टेस्ट किटबाट स्वाव संकलन गरि कोरोना परिक्षण गर्न सुर्खेत पठाउँदा पिसिआर परिक्षण रिपोर्टमा पोजेटिभ देखिएका नाम्खा गाउँपालिकाका एक जना पुरुषलाई हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको प्रहरी नायव उपरिक्षक सूर्य सुवेदीले बताउनुभयो ।

संक्रमितलाई शनिवार बेलुका नै स्वास फेर्न असजिलो भएको खवर आएपनि उद्धार गर्ने कुनै बिकल्प नहुदा आईतवार निजी खर्चमा हेलिकोप्टर रिजर्भ गरेर काठमाडौं लगिएको उहाँले बताउनुभयो । काठमाडौंबाट आएको हेलिकोप्टर सिमकोट टेकअप गरेर संक्रमित लिन याल्वाङ्ग पुगेको थियो ।

उनीसंगै अन्य एघार जना पनि नाम्खा गाउँपालिका संक्रमित रहेका छन् । संक्रमित विद्यालय र छात्रासँग सम्वन्धित भएको कारण चिकीत्सक र स्वास्थ्यकर्मीस्वाव संकलग गर्न याल्वाङ्ग मै रहेको छ ।

हुम्लाका संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

चार महिनामा एक पटक पनि पुगेनन् स्वास्थ्यकर्मी

हुम्लाका संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

एक लाख २२ हजारसहित आठ जुवाडे पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *