चार महिनामा एक पटक पनि पुगेनन् स्वास्थ्यकर्मी

रामचन्द्र न्यौपाने
डोल्पा, ३० कार्तिक ।
उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ । स्वास्थ्य चौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो । अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हित कुमारी रोकायले स्वाथ्य चौकी धानेका छन् ।

शे–फोक्सुण्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामोसमयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोसित भएका छन् । स्वास्थ्य चौकीमा कार्यरत अहेव पारस शाही,अहेव चन्द्रदेब यादब र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का स्थानीय तेजेन्द्र गुरुङ्गले बताए ।

“गत साउन देखि शाही र बानु गायब छन्,स्वास्थ्य चौकी करार कर्मचारीका भरमा चलेको छ,चार महिनाको अवधिमा एक पटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपन हो” गुरुङ्गले प्रश्न गरे । “सरकारी नुनपानी खाएर विकट क्षेत्रका जनताको स्वास्थ्यमा खेलवाड गर्न पाईदैन्,उनिहरु तुरुन्त स्वास्थ्य चौकीमा पुग्नुपर्छ,होइन भने हामि सम्बन्धित निकायसम्म पनि पुग्छौ ।” साउनमा घर गएका चन्द्रदेब यादब पनि असोज पहिलो सातामा आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयबासीको भनाई छ ।

स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उनिहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशंका गरिएको स्थानीय गुरुङ्गको भनाई छ । स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म कर्मचारी नपुगेपछि बाध्य भएर मिडियालाई जानकारी गराईएको स्थानीयले बताए ।

तीनै जना कर्मचरीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरेपनि अझै नर्फकिएको वडा नं ८ का अध्यक्ष निमा लामाले बताए । “स्वास्थ्य चौकीमा औषधि छ या छैन त्यो पनि थाहाँ छैन्,कति बिरामि आउँछन् कस्ता बिरामि आउँछन् त्यसको रेकर्ड पनि छैन्,उनिहरुले नियमित कार्यालयमा नपुगेरै तलव खाने काम गरेकाछन्” लामाले भने । स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा,सुम्दुवा,¥याँची,छेक्पा र ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उनको भनाई ।

चार महिनामा एक पटक पनि पुगेनन् स्वास्थ्यकर्मी

जनयुद्धदेखि कृषि व्यवसायसम्म

चार महिनामा एक पटक पनि पुगेनन् स्वास्थ्यकर्मी

हुम्लाका संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *