गाउँमा कोरोनाको प्रभाव बढी ‘स्थानीय चिन्तित’

कृष्णप्रसाद अधिकारी
दैलेख, ३२ जेष्ठ ।
दैलेख जिल्लामा कोरोना सङ्क्रमित सबै जस्तो गाउँ गाउँ सम्म पुग्दा गाउँमा बस्दै गरेका स्थानीय चिन्तित छन् । भारत तथा तेस्रो मूलकबाट आउने नागरिक सँगै कोरोना भाइरस सम्मते गाउँमा भित्रिने चिन्तामा सबै स्थानीय तहका नागरिकमा त्रास रहेको छ । बाहिर बाट आए नागरिक गाउँमा पुग्दा गाउँमा कोरोना आएको भन्ने भ्रममा समेत परेर गाउँका स्थानीय चिन्तित हुने गरेका हुन् । उनीहरूमा यो रोगले गाउँमा महामारीको रूप लिने त होइन भन्ने चिन्ता बढिरहेको छ ।

कोरोनाको प्रभाव बढ्ने खतरा देखेपछि नेपाल सरकारले चैत्र ११ गते बाट नेपाल लकडाउन घोषणा गरेको थियो । नेपाल लकडाउन भए सँगै भारत लगायत अन्य देशमा यस अघि नै कोरोनाको सङ्क्रमण फैलिसकेको ले उनीहरू सँगै गाउँ गाउँमा त्यस्ता देशहरूबाट आउने मानिसहरू सँगै नेपालमा भाइरस प्रवेश गरेको हो । दैलेख जिल्ला करिब ११ हजार नागरिक लकडाउनको समयमा मात्र जिल्ला प्रवेश गरेको तत्थाङ्क जिल्ला प्रशासन कार्यालयले दिएको छ भने हिँडेर लुकीछिपी आउनेको तत्थाङ्क कसैले राखेको छैन राख्न सकिने अवस्था समेत छन् । उनीहरू मध्य ५०२ जनामा कोरोना पुष्टि भई सकेको छ । जस मध्य १ जनाले क्वारेन्टिनमै ज्यान गुमाउनु परेको थियो । भने शुक्रवार सम्म दैलेखमा कोरोना जित्नेको सङ्ख्या ३५ मात्र रहेको छ ।

सङ्क्रमितहरूलाई आसुलेसनम राखिएको छ । अन्य भने आफ्नो घरमा गएका छन् । गाउँमा गएका कुनै व्यक्तिमा कोरोना भई हालेको खण्डमा समेत राज्यको आँखा तत्काल नपुग्ने भएकोले गाउँमा जोखिम अति उच्च छ । गाउँमा सामाजिक दुरीको त्यति लागु हुँदैन त्यस कारण पनि कुनै एउटामा सङ्क्रमण भए सबै तिर फैलिन सक्ने अधिकांश स्थानीयले बताउने गरेका छन् ।

विद्यालय नै क्वारेनटिन र आइसुलेसन
नेपाल लकडाउन चैत्र ११ गते देखि भए पनि एक महिना पछाडि ज्येष्ठ पहिलो साता भारतमा खुलेको रेल सेवासङै घर फर्किएकाहरूलाई दैलेखका विभिन्न विद्यालयमा कोचाकोच गरी राखियो । जसले गर्दा कोरोना भाइरस उच्च जोखिमका कारण सङ्क्रमित ह्वात्तै बढे । अहिले त्यो सङ्ख्या दैलेखमा मात्र ५ सय २ जना पुगेको छ । नेपालमा बढी सङ्क्रमित हुने दैलेख तेस्रो जिल्ला भएको छ । दैलेखमा ११ वटै पालिकामा कोरोना सङ्क्रमित देखिएका छन् । जसमध्ये सबैभन्दा बढी नारायण नगरपालिका जोखिममा छ ।

दैलेखमा बाहिर बाट आउँ नेहरुलाई राख्नको लागि अन्य कुनै ठाउँ नभए पछि निजी तथा सामुदायिक विद्यालयमा राखिएको छ । सङ्क्रमितको सङ्ख्या थेग्न नसक्ने गरी चाप बढ्न थालेपछि कतिपय विद्यालय आइसुलेसन सम्मते बनाइएको छ । कतिपयलाई जिल्ला स्वास्थ्य कार्यालय त कतिपयलाई विद्यालयमा राखिएको छ विद्यालयमा राखिएका कुनै पनि सङ्क्रमितको उपचार गर्नुपर्ने आवश्यकता र लक्षण नभएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । ‘सङ्क्रमित कसैलाई पनि कुनै पनि लक्षण देखिएको छैन ।’ खोप अधिकृत रेग्मीले भने, उनीहरू स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्। कुनै समस्या देखियो भने जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

सङ्क्रमितलाई योग र आयुर्वेदिक औषधी
दैलेखका कोरोना सङ्क्रमितलाई रोग सँग लड्न प्रतिरोधात्मक आयुर्वेदिक औषधीको प्रयोग सँगै योगा गराइएको छ । जिल्लामा भएका प्राय बिरामीहरूलाई रोग सँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि अन्य औषधी सँगै प्रतिरोधात्मक आयुर्वेदिक औषधी प्रयोग गरिएको हो ।

कोरोनाका बिरामीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकिस्या विभागको निर्देशनमा दैलेखका धेरै जस्तोलाई अश्वगन्धा, यष्टिमधु, तुलसी चिया, गुढुची (गुर्जो) लगायतका औषधीको प्रयोग गरिएको स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा दैलेखका आयुर्वेद चिकित्सक डा. प्रशन्न नेपालले जानकारी दिए । जिल्लाकै दुल्लु नगरपालिकाले सङ्क्रमितहरूलाई योगदेखि अन्य क्रियाकलापमा संलग्न गराएको छ । व्यवस्थापन फितलो हुँदा सङ्क्रमितहरूमा रोगसँग लड्ने आत्मबल घट्दै जाने अवस्थालाई ध्यानमा राखी योगा गराएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।

दैलेखमा पिसिआर मेसिन जोड्ने तयारी
दैलेख जिल्लामा कोरोनाको सङ्क्रमणको दर तीव्र बन्दै गएको भन्दै जिल्लामा सिपिआर जडान गर्ने विषयले प्रदेश तथा सङ्घीय संसद् सम्म चर्को आवाज उठ्दा दैलेखका २ वटै निर्वाचन क्षेत्रले सिपिआर मेसिन ल्याउने तयारी गरेका छन् । दैलेखका सबै सांसदको पहलमा सिपिआर मेसिन ल्याउन लागिए सँगै नारायण नगरपालिकाले सिपिआर मेसिनको लागि सूचना प्रकाशन गरी सकेको छ ।

सङ्घीय सांसद रबिन्द्रराज शर्माको निर्वाचन क्षेत्र विकास कोष अन्तरगत यस वर्षको १ करोड रकम कोरोना महामारी रोकथामका लागि आवश्यक सिपिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले समेत स्वीकृत गरे पछि जिल्लाको निर्देशन समितिले रकमान्तर गरी नारायण नगरपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने गरी पिसिआरको लागि प्रक्रिया मिलाइएको छ । क्षेत्र नं २ को दुल्लु अस्पतालमा सिपिआर मेसिन राख्नको लागि सामाजिक विकास मन्त्रालयलाई परिपत्र समेत गरिसकेको दुल्लु नगरपालिकाले जनाएको छ ।

११ वटै स्थानीय तहमा फैलियो कोरोना सङ्क्रमण
दैलेखका ११ स्थानीय तह मध्ये सबै भन्दा बढी नारायण नगरपालिकामा १९४ र महावु गाउँपालिकामा १०८ जना कोरोना सङ्क्रमित रहेका छन् । नौमुले गाउँपालिकामा १९,दुल्लु नगरपालिकामा ६७, डुङ्गेश्वर गाउँपालिकामा ६८ ,गुराँस गाउँपालिकामा २ ,आठबिस नगरपालिकामा २१, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १ ,भैरवी गाउँपालिकामा ९ जना भगवतिमाई गाउँपालिकामा ९ जना र ठाटिकाँध गाउँपालिकामा ३ जना गरी ५ सय २ कोरोना सङ्क्रमित भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

गाउँमा कोरोनाको प्रभाव बढी ‘स्थानीय चिन्तित’

YUGAAWHAN NATIONAL DAILY (2077-02-32)

Leave a comment

Your email address will not be published. Required fields are marked *