मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं सुर्खेतमा

सुर्खेत : शनिवार हुने मोटिभेस्नल सेमिनारका लागि पब्लिक स्पिकर सिजन टु का बिजेता रमेश प्रसाईं शुक्रबार सुर्खेत आईपुगेका छन् ।

एसएचएलडिसीको आयोजना तथा ट्रष्ट एजुकेश्नल सेन्टरको सह-आयोजनामा ‘म र मेरो देश’ भन्ने मुल नाराका साथ विद्यार्थीहरुका लागि तीन घण्टाको सेमिनार गरिने बताइएको छ ।

सेमिनारमा कसरी सुन्दर भविष्य बनाउन सकिन्छ, सफल विद्यार्थी जिवन, युवाको सहभागिता र हामी, हाम्रो देश विषयमा मोटिभेस्नल तालिम दिइने छ । पाँच सय जना युवा तथा विद्यार्थी सेमिनारमा उपस्थिति हुने आयोजकको अनुमान रहेको छ ।

मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं सुर्खेतमा

YUGAAWHAN NATIONAL DAILY (2076-11-03)

Leave a comment

Your email address will not be published. Required fields are marked *