कोरोना परीक्षण बढाउन नागरिक समाजको माग
सुर्खेत, ३१ बैशाख ।
कोरोनाको प्रतिकार्यका लागि कोरोना परीक्षणको दायर बढाउनुपर्ने कर्णालीका नागरिक समाज गैर सरकारी संस्थाहरुले महासंघको तर्फबाट माग गरेको छ । बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापनपत्र बुझाउँदै महासंघले क्वारेन्टामा बसेका र भारत तथा तेस्रो मुलुकबाट आएका सबै नागरिकको अनिवार्य पीसीआर परीक्षण गर्न माग गरेको छ ।
महासंघका सुर्खेत अध्यक्ष घनश्याम केसी र सुन्दर नेपालका अधिकृत रबि चन्द लगायतका गैससकर्मीहरुले मन्त्री रावललाई ज्ञापन पत्र बुझाएका हुन् । ‘कोरोना प्रतिकार्य अभियानलाई प्रभावकारी बनाउन अनुगमन, क्वारेन्टाइनको व्यवस्थापन, राहत र उद्दारमा नागरिक समाजको भूमिका बढाउनुपर्छ’ ज्ञापन पत्रमा भनिएको छ । त्यस्तै आगामी आर्थिक बर्षमा कृषि, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनका योजनाहरु प्राथमिकताका साथ समावेश गर्न समेत माग गरिएको छ ।