कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो

सुर्खेत, २८ असार ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ पुगेको छ । आइतवार थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या एक हजार ६ सय १६ पुगेको हो ।

प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ७ जना, चौरजहारी नगरपाकिाल पीसीआर प्रयोगशाला रुकुमपश्चिममा २ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

त्यस्तै, आइतवार ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । प्रदेश अस्पतालबाट १ जना, नौमुले आइसोलेसन सेन्टरबाट १ जना, भैरवी आइसोलेसनबाट २ जना, दैलेख अस्पतालबाट २७ जना र वनगाड कुपिण्डे आइसोलेसनबाट १२ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएको डा. तिवारीको भनाई छ । यो संगै संक्रमणबाट निको भई घर फर्किनेको संख्या एक हजार ४ सय ८ पुगेको छ ।

कोरोना संक्रमित २ सय २ जनाको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । कर्णालीमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *