पढाइमा मेहनत गर्दा असफलता भोग्नु परेको छैन

‘चाहना भए बहान गर्नु पर्दैन’ । यही भनाइले सार्थकता पाएके छ डाक्टर लक्ष्मीनारायण तिवारीको जीवनमा । इच्छा शक्तिकै कारण उनले आफुनो सुन्दर भविश्यको बलियो जग बसाले । पढाइ नै जीवन हो भन्ने ठाने । निरन्तरको मेहनत र रुचिका कारण पढाइमा आर्थिक अभाव झेल्नु परेन । माध्यमिक तहदेखि विशेषज्ञ डाक्टरसम्म निःशुल्क पढ्ने अवसर पाए । पढाइमा सानैदेखि अब्बल तिवारीले भारतको राजिव गान्धी विश्वविद्यालयमासमेत प्रथम स्थान हाँसिल गरे । आमा कर्मकन्या र बुवा काँशीचन्द्र जैसीबाट दोस्रो सन्तानका रुपमा विस २०४० साल पुस २ गते वीरेन्द्रनगर–१ डोटेखालीमा उनको जन्म भएको हो । प्रस्तुत छ, हालः कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखामा प्रमुखको जिम्मेवारी सम्लालिरहेका उनै तिवारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

सानो कक्षालाई पढाउँथेँ

मध्यम परिवारमा मेरो जन्म भएको हो । बाल्यकाल सुखद् रह्यो । मेरो विद्यालय उमेरमा वीरेन्द्रनगरमा तीन वटा मात्रै निजी विद्यालयहरु थिए । मध्यम परिवारका विद्यार्थीले निजी स्कूलमा पढ्न सक्ने अवस्था थिएन । जसकाकारण मैले गाउँकै स्वरस्वती प्राविबाट कक्षा १ र २ कक्षा अध्ययन गरेँ । त्रिपुरेश्वर मावि ढोडेखालीबाट कक्षा ३ देखि एसएसलीसम्मको पढाइ पुरा गरेँ ।

२०५९ साल एसएली उर्तिण भएँ । अमृत साइन्स क्याम्पस काठमाडौंबाट आईएसी, त्रिभूवन विश्वद्यालयबाट स्नातक र राजीव गान्धी विश्वविद्यालयबाट बालरोग विज्ञेषज्ञका रुपमा एमडी गरेको छु । पढाइमा कहिले असफलता अनूभूति गर्न परेन । एक हिसावले भन्दा पढाइ नै जीवन हो ठान्छु । माध्यमिक तहमा प्रथम, दोस्रो र तेस्रो हुन्थेँ । म जहिले पनि आफूभन्दा तल्लो कक्षाका विद्यार्थीलाई पढाउँथे । शिक्षक नआएको दिन कक्षा ८ र ९ का विद्यार्थीलाई पढाउँथे । उहाँ (शिक्षक) ले नै विद्यार्थीलाई भोली (लक्ष्मी) ले पढाउछ भन्नुहुन्थ्यो । विज्ञान र गणित विषयमा मेरा रुचिका विषय थिए । सायद पढाइमा अब्बल नभएको भए आर्थिक अभाव भोग्नु पथ्र्याे होला ।

तर सानैदेखि छात्रबृत्तिमा पढ्ने अवसर मिल्यो । प्लस टु, स्नातक र स्नाकोत्तरसम्म छात्रबृत्तिमा कोटामा अध्ययन गर्ने अवसर मिल्यो । स्थायी जागिरबाट अध्ययन विदा लिएर एमडी पढ्ने भारत गएँ । भारतीय राजदुतावासको छात्रबृत्ति पाएपछि राजिव गान्धी विश्वविद्यालयबाट बालरोग विशेषज्ञका रुपमा एमडी गर्ने अवसर पाएँ । त्योबेला मैले गान्धी विश्वविद्यालयमा नै टप गरेको थिएँ । पढाइप्रतिको लगाव, निरन्तरता र मेहनतकै कारण अहिले यो स्थानमा आइपुगेको छु । पढाइमा मिलेको हरेक सफलता नै मेरो जीवनमा खुशीका क्षणहरु हुन् ।

दैनिक ७०÷८० जना विरामी उपचार गर्थेँ

सामान्य चिकित्सा शास्त्रको पढाइ सकेपछि म निजी कम्पनीमा काम गर्न थालेँ । चौधरी ग्रुपको सीजी केयरमा रुपमा नवलपरासीको वाइवाइ फ्याक्टीमा बसेर काम गरेँ । साँझ विहानको समय अरुणखोलाको एउटा मेडिकलमा काम गर्थँे । उबेला बुटवलदेखि पाल्पासम्मका विरामीहरु उपचारका लागि आउँथे । दैनिक ७०÷८० ना विरामीको उपचार गर्थेँ ।

२०७० पुसदेखि नेपाल सरकारको स्थायी जागिरे भएँ । प्युठानको जिल्ला स्वास्थ्य कार्यालय स्थायी जागिर खाने पहिलो कार्यालय हो । करिव दुई वर्षपछि लुम्बिनी अस्पतालमा सरुवा भएँ । त्यही समय छात्रबृत्तिको लागि भारतीय दुतावासको रिर्जल्ट आयो । छात्रबृत्ति पाएपछि अध्ययन विदा लिएर एमडी गर्न भारत पुगेँ । पढाइ पुरा भएपछि २०७६ मंसिरदेखि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत छु ।

सरकारी अस्पतालमा अपनत्व नहुँदा समस्या

सरकारी अस्पतालमा राज्यले ठूलो लगानी गरेको छ । सरकारी अस्पताल सुधारको लागि राज्यले बर्षेनी लगानी गर्छ । तर न सरकारी अस्पतालप्रति विरामीको विश्वास छ, न त राज्यका जिम्मेवार निकायले अस्पताल सुधारको प्रयास गर्छन् ।

अस्पतालको सुधारको लागि बनेको अस्पताल विकास समिति नै मर्मविपरित सञ्चालन हुन्छ । पदाधिकारीले अस्पताल सुधारकोभन्दा पनि आफ्न्तलाई जागिर खुवाउने रुपमा अवसरका रुपमा लिन्छन् । अस्पताल विकास समिति राजनीतिक चपेटामा परेको छ । कर्मचारी, डाक्टर र आम नागरिकलाई सरकारी अस्पताल मेरो हो भन्ने धारणा छैन । जसको परिणाम आज दुर्गमका अस्पतालको अवस्था दयनीय छ ।

विज्ञको सुझाव कार्यान्वयन हुँदैन

कर्णालीको स्वास्थ्य क्षेत्र सुधारको लागि वर्षेनी प्रयासहरु नभएका होइनन् । यहाँ स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षेनी योजनाहरु निर्माण गरिन्छ । तर दुर्भाग्य, नीति निर्माण तहबाटै विकृतिको खाडल सुरु हुन्छ । योजना बनाउँदा विज्ञका सुझावहरु लिइन्छ ।

विशेषज्ञले प्रतिवेदन पनि तयार पार्छन् । तर अन्त्यमा दुइचार जना व्यक्तिको स्वार्थ अनुकुलका योजनाहरु तयार हुन्छन् । विज्ञका सुझावलाई फोहोरको टोकरीमा फ्याकिन्छ । योजना छनौट गर्दा नेता, कर्मचारी, जनता र विज्ञबिच नै गोलमोटल पारिन्छ । नीति निर्माण तहमै पनि योजना कसले तयार पारेको हो थाहा हुँदैन । सरकारी स्वास्थ्य क्षेत्र यही अन्यौलताको भूमिरीमा रुमलिएको छ ।

कोरोनाको लडाइमा होमिदा…

समुदायमा कोरोना भाइरसको ठूलो त्रास थियो । डाक्टर लक्ष्मीनारायण तिवारी प्रमुख, स्वास्थ्य सेवा महाशाखा, सामाजिक विकास मन्त्रालय राष्ट्रसेवक ‘चाहना भए बहान गर्नु पर्दैन’ । यही भनाइले सार्थकता पाएको छ डाक्टर लक्ष्मीनारायण तिवारीको जीवनमा । इच्छा शक्तिकै कारण उनले आफुनो सुन्दर भविश्यको बलियो जग बसाले । पढाइ नै जीवन हो भन्ने ठाने ।

निरन्तरको मेहनत र रुचिका कारण पढाइमा आर्थिक अभाव झेल्नु परेन । माध्यमिक तहदेखि विशेषज्ञ डाक्टरसम्म निःशुल्क पढ्ने अवसर पाए । पढाइमा सानैदेखि अब्बल तिवारीले भारतको राजिव गान्धी विश्वविद्यालयमासमेत प्रथम स्थान हाँसिल गरे । आमा कर्मकन्या र बुवा काँशीचन्द्र जैसीबाट दोस्रो सन्तानका रुपमा विस २०४० साल पुस २ गते वीरेन्द्रनगर–१ डोटेखालीमा उनको जन्म भएको हो । प्रस्तुत छ, हालः कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखामा प्रमुखको जिम्मेवारी सम्लालिरहेका उनै तिवारीसँग गरिएको कुराकानीको सम्पादित अंश ः स्वास्थ्यकर्मीहरु पनि डराउनुपर्ने अवस्था थियो ।

समय परिस्थितिले मन्त्रालयको सम्पूर्ण जिम्मेवारी काँधमा आयो । सबै जिल्लाका साथीहरुसँग समन्वय भयो । मन्त्रालयगत रुपमा योजनाहरु बनायौँ । लामो समयसम्मय कोरोना भाइरसको संक्रमण देखिएन । संक्रमित क्षेत्रबाट आएका नागरिकबाटै कोरोना संक्रमण फैलियो । कोरोनापछि स्वास्थ्यकर्मीहरु २४ घण्टे डिउटीमा खटिएका छौँ । कतिबेला कुन ठाउँमा दौड्नु पर्ने हो एकिन छैन । पदले महाशाखाको जिम्मेवारी छ, तर यस्तो समयमा स्वास्थ्यकर्मीले सकेका सबै कामहरु गरेका छौँ । म आफै मन्त्रालयको जिम्मेवारी छोडेर स्वाव संकलनका लागि पीपीइसेट लगाएइर फिल्डमा खटिन्छु । पेशा नै यही भएपछि कोरोनासँग डराउनु पर्ने कारण थिएन । हामीले नगरे कसले गर्छ भन्ने ठान्छौँ । थोरै डर, धेरै जिम्मेवारीप्रतिको इमान्दारिताका कारण म कोरोनाको लडाइमा होमिएको छु ।

एकैदिन दुई हजार जनाको फोन आउँथ्यो

कोरोना संक्रमण देखिएपछि सूचनालाई प्रभावकारी बनाउने प्रयास गरेँ । महामारीको बेला नागरिकहरु त्रासले आत्तिन सक्छन भन्ने ठानेँ । जसका कारण म नै प्रत्यक्ष रुपमा मिडिया जोडिए । सुरुसुरुमा दैनिक दुइ हजाभन्दा बढीको फोन आउथ्यो ।

केन्द्रदेखि स्थानीय मिडियाबाट फोनहरु आइरहन्थे

बिहान ६ बजेदेखि राती ११ बजेसम्म निरन्तर फोन आउँथ्यो । सकेसम्म सबैका फोनहरु रिसिभ गथ्र्ये । कहिले काँही त वाक्क लाथ्यो । अहिले कोरोनाको त्रास घटेका कारण धेरै फोनहरु आउँदैनन् ।

‘बत्ति’ बेचेर कम्प्यटुर किने !

म सानैदेखि साहित्यमा रुचि राख्थेँ । विद्यालयमा भानु जयन्ति र सहिद दिवसमा हुने विभिन्न प्रतियोगितामा भाग लिन्थेँ । घर छोडेर काठमाडौं जाँदा मन भुलाउन पनि धेरै कविताहरु लेखिन्थ्यो । क्याम्पस पढ्दै गर्दा ४०÷४५ वटा कविताहरु लेखेको थिएँ । साथीहरुले प्रसंशा गर्थे । धेरै साथीहरुले कविता संग्रह नै निकाल्न सुझाव दिए । २०६६ सालतिरको कुरा हो । ‘ बत्ति’ भन्ने कविता संग्रह प्रकाशन गरँे ।

केही पुस्तकहरु क्याम्पसले किन्यो । साथीभाइ र बजारमा पनि राम्रो बिक्यो । त्योबेला १७ हजारमा छापिएको कविताले झण्डै ४०÷४५ हजार रुपैयाँ नाफा आयो । त्यही बत्ति बिक्री गरेर आएको पैसाले कम्प्युटर किनेको थिएँ । अझै पनि साहित्यको रुचि हराएको छैन । अवकाशपछि साहित्य रमाउँछु होला ।

पढाइमा मेहनत गर्दा असफलता भोग्नु परेको छैन

हिरासतका एक पुरुषमा कोरोना संक्रमण पुष्टी

पढाइमा मेहनत गर्दा असफलता भोग्नु परेको छैन

कर्णालीमा साढे दुई वर्षपछि संसदीय समितिमा नेतृत्व

Leave a comment

Your email address will not be published. Required fields are marked *