लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

दुर्गा विसी ।

सल्यान, २५ मंसिर ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानात्मक कार्यक्रम आज विविध कार्यक्रम गरि सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको अभियानमा सबै तह र तप्काकाले सहयोग पुर्याउनु पर्ने जोड दिएको छ । उक्त अभियानका रुपमा नगरमा महिला तथा वालवालिका शाखाले विविध खाले कार्यक्रम आयोजना गरेको थियो।

सुरुवातमा नगरको प्राङ्गणबाट दिप प्रज्वलन कार्यक्रम सुरु गरिएको थियो । त्यसै गरी वडाका टोलटोलमा प्रचारप्रसारत्माक,वजारका चोक र सार्वजनिक क्षेत्रमा व्यानर टाँसिनुका साथै जनचेतनामूलक कार्यक्रम आयोजना समेत गरिएको थियो । आज समापनको दिन वजार परिक्रमा ,र्यालि पछि कोण सभामा नगर प्रमुख तथा कार्यक्रम प्रमुख अतिथि गोविन्द कुमार पुनले महिला हिंसा अन्त्यको लागि सबैको जरुरत आवश्यक रहेको औंल्याउनु भएको थियो। पुनले महिला हिंसा निन्युनिकरण मुख्य कारण समाजिक विकृति नै रहेको र जानेवुझेका वाट झन सुधार हुनुपर्नेमा अझै तेस्तो घरमा बढी हिंसा जन्य कारणको समस्या भएको देखिन्छ ।

सबै सचिनु पर्ने समानता जस्ता कुरा परिपालन आवश्यक रहेको जनाउनु भयो । हिंसा जरैदेखि समाप्त पार्नेको लागि सबैको सहयोगबाट मात्रै सम्भव हुने ठोकुवा समेत गरिएको छ । कार्यक्रम उप प्रमुख मञ्जु यरी, निमित्त प्रमुख प्रशासकी धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटा, वडा अध्यक्ष गोविन्द डाँगी, स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेल, महिला तथा वालवालिका शाखाका प्रतिनिधि लक्ष्मी शाहीले मन्तव्य राख्नु भएको थियो । १५ दिन सम्म नगरका विभिन्न टोल वस्तिहरुमा लैङ्गकि हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रम पश्चात् आज समापन गरिएको छ । उक्त कोण सभाको नगर उप प्रमुख मञ्जु यरिको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन लक्ष्मी शाहीले गरेकी थिइन् ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

प्रचण्डको आज ६६ औँ जन्मदिन

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

बुवाको प्रेरणाले नै व्यवसायमा रमाएँ

Leave a comment

Your email address will not be published. Required fields are marked *