सरकार विपक्षीहरुसित लडने तयारीयाँ हो कि ?

हैन ! सरकार विपक्षीहरुसित लडने तयारीयाँ हो कि ? सरकाराँ हामी हुने अनि विपक्षीलाई लएर पुल उदघाटन गराउने भनेर हो, रामचन्द्रजीलाई त पुलिसले पाताकसेर हालेछन् त हँ ? राजधानीका ठाउँलाई जस्तै विपक्षी दलका नेता बस्ने गामतिर नी निशेधित क्षेत्र लागू गर्या त हैन ? न त आन्दोलन छ, न त करफू छ । त्यत्तिकै कुनै दलको नेतालाई पक्रेर थुन्ने काम त राम्रो हैन त ! कुरा गर्ने प्रजातन्त्र र खुलातन्त्रका । तर हिँडदाबाटै मान्छेलाई लएर खोराँ थन्क्याउने नीति त राम्रो हैन त । हाम्रो गाउँघराँ उखान छनी, सौताका रिसले पोइको काखाँ मुत्ने भन्ने, कतै ओलीबाले त्यै गर्न खोज्नु भा त हैन ? पार्टी भित्रको लडाइँ र प्रचण्डका रिसले पौडेललाई खोराँ हालेर “देखिस् मैले यतिसम्म गर्छु“ भनेर देखानी हुन सक्छ । पुराना पन्चहरु राजाआउ देश बचाउ भन्दै सडकाँ आउने, अनि सरकार लुकेर चुपचाप बस्या दलका नेतालाई गाउँ गए गाउँमै र शहर गए शहरमै समाउने हो भने त ०३७ सालको जनमत संग्रहपछि पन्चहरले काँग्रेसीहरलाई जसरी लखेटालखेट पार्याथे, त्यस्तै पार्ने त हैन ओली सरकारले ।

जनमत संग्रह बहिष्कार गरेर त्योबेला कमिनिष्टहरले जसरी राजालाई सघाए र देशाँ जनमत संग्रहमा बहुदलीय ब्यवस्थाले हारेको देखायो । त्यस्तैगरी अहिले दिनहुँजसो राजा समर्थनाँ जुलुस निस्कने । तर प्रजातन्त्रवादी नेताहरलाइ पक्राउ गरेर निरंकुशताको ताण्डब देखाउने ओली सरकारको चालाले त देश अब निरंकुश र सर्वसत्तावाद कमिनिष्टको बाटो हिँडन ला जस्तो पो बुझ्झियो त । संविधान त जनतालाई निशुल्क उपचार गर्नुपर्ने र यै सरकारले दलकै भागवण्डाँ सरकारकै तरफाट नियुक्त भा न्याधिशलेसमेत निशुल्क उपचार गर भन्दासमेत अदालतको आदेश नमान्ने सरकारका विरुद्धसमेत आन्दोलन गर्न नसक्ने डरछेरुवा काँग्रेसीहरु सरकारलाई केही लछारपाटो लाउन सक्दैनन भनेर त होला ओलीले काँग्रेस विरुद्ध यौटा गोली हानीहाले हेरम अब के के हुँदोरैछ । भन्नत काँग्रेसीहरु सरकारविरुद्ध सडक तताउँछमु भन्दैछन् । तर के गर्नु सडकाँ निस्किन नपाउँदै ओलीको शिकार बने भने के को आन्दोलन ?

विचरा काँग्रेसीहरु ऐले सारै संकटाँ छन् । प्रचण्ड र ओलीको झगडाले पार्टी फुटला र खाम्ला भनेर बस्यानी दक्षिणका र उत्तरका नेता आएर पार्टी नफो्डने सल्ला देर गए । त्यो सल्ला नमानून् भनेनी ओलीले भोली छिमेकिका नाताले पाउनुपर्ने सहयोग पाएनन् भनेनी सरकार चलाउन गाह्रै हुन्छ । त्यसैले ऐल्या अवस्था भन्या काँग्रेसलाई आन्दोलन गर्न गाह्रो अनि कमिनिष्टलाई सरकार चलाउन र पार्टी मिलाउन गाह्रो । त्यसैले योबेलाँ ओलीले सकेसम्म विपक्षीको नी ढाडै सेकेर छोडने लाइन समात्या जस्तो छ । त्यसैले काँग्रेसी नेताजीहरु बडा होस् गरेर आन्दोलन गर्नाेस् । खास आन्दोलन गर्ने बेलाँ सुतेर बस्नु भो । जनताले महामारीयाँ सरकाराट सहयोग नपाएछि विपक्षीहरको सहयोगको आश गर्याथे । तर विपक्षी दलले जनतालाई गन्दै गनेन ।

अनि ऐले आफ्नो नेतामाथि अरिङ्गाल खन्नेछि मात्र आन्दोलनका कुरा गरेछि जनतानी कसरी आन्दोलनकारीको साथाँ आउलान र ? त्यसो त कमिनिष्ट पार्टी भन्या विपक्षी दलको कुरा सुनेर हिँडने पार्टी त हैन । त्यसैले नि पाँच बर्षलाई ओलीले आफु हिँडने जुन बाटो कोरेर हिँडने प्लान बनाछन् । त्यसाँ तलमाथि गर्लान् भन्ने लाग्दैन । तिनलाइ गलाउने भए माकुने र पिकेले नै गलाउलान् । अरुबाट सम्भाबना छैन । त्यसैले सडकाँ आउन खोज्नेहरले नि बडा बिचार पुर्याएर आउनु पर्ला । आन्दोलन विना उपलब्धि तुहियो भने ओलीले सबलाई लखेटिलखेटि भित्ताँ पुर्याउँने छन् । काँग्रेसाँ चेतना भया ।
वेदर्षि

सरकार विपक्षीहरुसित लडने तयारीयाँ हो कि ?

सिंहका दुई पुस्तक बजारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *