कर्णालीमा कोरोना कहर, ९० हजारको परीक्षण, ६ हजार संक्रमित

दीपक बुढा/सुर्खेत

सुर्खेत, २३ कात्तिक ।

कर्णाली प्रदेशमा हालसम्म झण्डै ९० हजार जनाले कोरोना परीक्षण गराएका छन् । पीसीआर विधिबाट मात्रै झण्डै ९० हजार अर्थात ८९ हजार तीनसय ५४ जनाको पीसीआर परीक्षण कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जसमध्ये प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४५ हजार नौसय २९ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २७ हजार दुईसय ९१ जना, दैलेख अस्पतालमा ६ हजार पाँचसय २७ जना, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशाला नौ हजार पाँचसय १८ जना र अन्य प्रदेश बाहिरका गरी कुल झण्डै ८९ हजार तीनसय ५४ जनाको पीसीआर परीक्षण गरिएको हो ।

परीक्षण गराइएकामध्ये ६ हजारबढी अर्थात छ हजार एक सय सत्तरी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितमध्ये हुम्लाका ३४ जना, मुगुका ३३ जना, डोल्पाका १५ जना, जुम्लाका तीनसय ३५ जना र कालिकोटका तीनसय सात जना छन् ।

त्यस्तै जाजरकोटका एकसय आठजना, दैलेखका एकहजार पाँचसय ३२ जना, सुर्खेतका दुईहजार ६ सय ६४ जना, रुकुमपश्चिमका एकसय ८३ जना, सल्यानका पाँचसय २१ जना र अन्य प्रदेशका चारसय ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुर्खेतको प्रयोगशालाले चारहजार तीनसय ११ जना, जुम्लाले नौसय ५१ जना, दैलेखले पाँचसय ८८ जना र रुकुम चौरजहारी प्रयोगशालाले दुईसय पाँचमा संक्रमण पुष्टि गरेको होे । त्यस्तै कर्णालीबाट समयमा स्वाव संकलन गरी विभिन्न प्रयोगशालामा पठाएकामध्ये भेरी अस्पताल बाँकेले ५७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले १७, नेपालगंज मेडिकल कलेज कोहलपुरमा दुई जना र कमलबजार नगरपालिका प्रयोगशाला अछामले १० जनामा संक्रमण पुष्टि गरेको हो ।

बैशाख २० गतेदेखि कर्णाली प्रदेशमा पीसीआर परीक्षण सुरु भएको थियो । कर्णालीमा प्रदेश प्रयोगशाला सुर्खेतले प्रोटेबल आरटीपीसीआर मेसिनबाट कोरोना परीक्षण सुरु भएको थियो । चैतदेखि सुरु भएको कोरोना कहर अझै अत्य भएको छैन । कोरोना संक्रमण बढ्दै गएपछि हाल कर्णालीका चार जिल्लाबाट पीसीआर परीक्षण भइरहेको छ ।
सुर्खेतमा प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेखमा दैलेख अस्पताल, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुमपश्चिममा चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ ।

सक्रिय संक्रमितको संख्या पाँचसय नाध्यो

कर्णाली प्रदेशमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतमा सक्रिय संक्रमितको संख्या सबैभन्दाबढी छ । मन्त्रालयका अनुसार सुर्खेत तीनसय २५ सक्रिय संक्रमित छन् ।
जसमध्ये प्रदेश अस्पतालमा १५ जना उत्तरपश्चिम पृतना आइसोलेसनमा ५८ जना नयाँ सबुज गणको आइसोलेसनमा एक जना, नेपाल प्रहरी सुरक्षाकर्मी आइसोलेसनमा जारजना, वीरेन्द्रनगर आइसोलेसनमा आठजना सक्रिय संक्रमित छन् ।
त्यस्तै दैलेखमा दैलेख ९४, जाजरकोटमा दुईजना, सल्यानमा ४३ जना, रुकुमपश्चिममा १३ जना, जुम्लामा ४१ जना सक्रिय संक्रमित छन् । कालिकोटमा १० जना, हुम्लामा एक जना र मुगुमा आठजना संक्रिय संक्रमित रहेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

६० प्रतिशत संक्रमित होमआइसोलेसनमै

सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनको संख्या बढाउने तयारी गरिरहदा कर्णालीका ६० प्रतिशत संक्रमितभने होमआइसोलेसनमै बसेको पाइएको छ । सामाजिक विकास मन्त्रालयका तीनसय चारजना सक्रिय कोरोना संक्रमित होमआइसोलेसनमै बसेका छन् ।

मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिकामा मात्रै दुईसय १७ जना कोरोना संक्रमित होमआइसोलेसनमा छन् । त्यस्तै सुर्खेतकै पन्चपुरीमा ६ जना लेकबेसीमा तीनजना, बराहतालमा तीन जना, चिगाडमा एक जना र भेरिगंगा नौँ जना होम आइसोलेसनमा छन् ।

मन्त्रालयका अनुसार दैलेखमा आठविस र नौमुलेमा एक÷एकजना, जाजरकोटको भरी नगरपालिकामा एक जना होमआइसोलेसनमा छन् । त्यस्तै सल्यानका र मुगुका सबै संक्रमित होमआइसोलेसनमै छन् । मन्त्रालयका मुगुका आठ जना र सल्यानका ४३ जना संक्रमित होमआइसोलेसनमा छन् । सल्यानका ४३ जना सक्रिय संक्रमितमध्ये शारदा नगरपालिकामा १२ जना, जिल्ला प्रशासनको होमआइसोलेसनमा एकजना, बागचौर नगरपालिकामा २५ जना, कुमाख गाउँपालिकामामा दुई जना, कालिमाटी गाउँपालिकामा तीन जना र मुगुको छायानाथ रारा नगरपालिकामा आठजना संक्रमित होमआइसोलेसनमा छन् ।

त्यस्तै रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा चार जना सानीभेरी गाउँपालिकामा एक जना, जिल्ला प्रहरी कार्यालयमा ६ जना र मुसिकोट गाउँपालिकामा एक जना पनि होमआइसोलेसनमै छन् ।

ह्वात्तै हट्यो परीक्षण घट्यो

कुनै समय दुई हजार जनाको कोरोना परीक्ष हुने कर्णाली प्रदेशमा पछिल्लो समय परीक्षणको दायरा ह्वात्तै घटाइएको छ । परीक्षण घटाउँदै गएको कर्णालीमा शनिबार एकसय ६२ जनाको मात्रै परीक्षण गरिएको छ । शनिबार रुकुमचौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा एक जनाको पनि परीक्षण गरिएको छैन ।

त्यस्तै सुर्खेतमा ८५ जना, जुम्लामा ५९ जना र दैलेखमा १८ जनाको मात्रै परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पुष्टि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ सक्रमितमध्ये सुर्खेतका २४ जना, मुगुका तीनजना, जुम्ला र सल्यानका एक÷एक जना, दैलेखका पाँच जना र अन्य प्रदेशका तीन जना छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कर्णाली विभिन्न अस्पताल र आइसोलेसनबाट गरी ३२ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कुल डिस्चार्ज हुनेको संख्या पाँचहजार पाँचसय २५ जना पुगेको छ ।

कर्णालीमा कोरोना कहर, ९० हजारको परीक्षण, ६ हजार संक्रमित

ट्रम्प समर्थकलाई बाइडेनले भने- तपाईंहरूको दु:ख म

कर्णालीमा कोरोना कहर, ९० हजारको परीक्षण, ६ हजार संक्रमित

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *