हुम्लाको अदानचुलीमा नियमित खोप सेवा सुरू

हुम्ला, २३ कात्तिक ।

हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा नियमित खोप सेवा सुरू भएको छ। अदानचुलीको पालिका केन्द्र श्रीनगरमा रहेको खोप केन्द्रमा नियमित खोप लगाउने कार्य शुक्रबारबाट सुरू गरिएको हो।


श्रीगनर स्वास्थ्यचौकीबाट वितरण हुने खोप उपलब्ध भएसँगै वडा नं १ देखि ५ वडामा रहेका सबै खोप केन्द्रमा लगाउन सुरू गरिएको हो। प्रत्येक महिनाको एकपटक गर्भवती तथा बालबालिकालाई लगाइने नियमित खोप शुक्रबारदेखि लगाउन सुरू गरिएको श्रीनगर स्वास्थ्यचौकीका इन्चार्ज सामशरण थापाले जानकारी दिए।

पहिलो दिन कल्खे सामुदायिक स्वास्थ्य एकाइको खोप केन्द्रबाट सुरू भएको यो कार्यक्रम २५ गतेसम्मका लागि निरन्तर हुने भएको इन्चार्ज थापाले जानकारी दिए।

नियमित खोप गर्भवती तथा बालबालिका लागि अनिवार्य लगाइनुका साथै प्रत्येक महिना नियमितरूपमा नछुटाएर खोप लगाउँदा अन्य रोग लाग्नबाट सजिलै लड्न सक्ने हुनाले सबैले यो खोप लगाउन आवश्यक छ।

हुम्लाको अदानचुलीमा नियमित खोप सेवा सुरू

मंसिर १ गते देखि सबै धार्मिक क्षेत्र

हुम्लाको अदानचुलीमा नियमित खोप सेवा सुरू

ग्राहकको रोजाईमा आईएमइ लाईफ ईन्स्योरेन्स

Leave a comment

Your email address will not be published. Required fields are marked *