२० लाखमा वडाध्यक्षकाे नजर परेपछि ‍‍‍…

ओम शाही
सुर्खेत, १९ जेठ ।
सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ५ मा बड्डिचौर सिंचाई जलउपभोक्ता समिति छ । जसमा कुल कुल ३ सय ३ जना सदस्य रहेका छन् । उपभोक्ता समितिलाई बेलामौकामा राम्रो बजेट हात पार्छ । बजेट अनुसार काम पनि राम्रो छ । विस २०६५ सालमा तत्कालिन सिंचाइ डिभिजन कार्यालयमा दर्ता यो समितिको अध्यक्ष डिलबहादुर ठाडा हुन् ।

चार वर्षअघि समितिको भेलाबाट निर्वाचित उनको कार्यकाल असार २० गते सकिदैछ । तर बराहताल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तिलकबहादुर मर्सांङगीले २० लाख रुपैयाँ बचाउन ठाडा नेतृत्वको सतितिलाई विघगठन गरी आफू अनुकुलको अवैधानिक समिति गठन गरेका छन् ।

उपभोक्ता समितिलाई कर्णाली प्रदेश सरकारबाट प्राप्त २० लाख रुपैयाँ आफू अनुकुल प्रयोग गर्न जेठ १६ संस्थाको हरिलाल तिवारीको अध्यक्षतामा नयाँ समिति चयन गरेका छन् । तिवारी र वडाध्यक्ष मसांर्ङ एउटै पार्टीका नेताहरु हुन् । जवकी न निर्वाचित कार्यसमितिको न समायावधि सकिएको छ न त विद्यान अनुसार नै समिति गठन भएको छ ।

विद्यान अनुसार नयाँ कार्यसमिति चयन गर्नलाई कम्तिमा ५१ प्रतिशत उपभोक्ता समिति बैठकमा सहभागी हुनुपर्छ । निर्वाचित कार्यसमितिले कार्यकाल सकिनु एक हप्ताअघि समितिको भेला हुने मिति, समय, स्थान र ऐजेन्डासहित उपभोक्ता समितिलाई जानकारी दिनुपर्छ । तर वडाध्यक्ष मर्साङ्गीले शक्तिको दुरुपयोग गर्दै २० लाखको लागि घृणित कार्य गरेका छन् ।

लकडाउनको मौका छोपी आफू निकटका मान्छेहरु समितिमा राखेर गाउँपालिकासँग सम्झौता गर्न लागेको थाहा पाएपछि हल्लाखल्ला मच्चिएको छ । वडाध्यक्षले २० लाखका लागिग शक्तिको दुरुपयोग गरेको थाहापाएपछि नेकपाले आपत्ति जनाएको छ ।  नेकपा बराहताल गाउँपालिका वडा ५ का पार्टी सचिव अर्जुनकुमार बुच्चामगरको अध्यक्षतामा जेठ १८ गते बैठक बसी विधि, विधान र अवैधानिक ढङ्गले चयन गरिएको समितिलाई खारिज गर्नको लागि गाउँपालिकाका कार्यकार्य अधिकृत नेत्रराज गिरीलाई ज्ञापनपत्र बुझाएको छ । यदि अवैधानिक तरिकाले गठन गरिएको समितिसँग सम्झौता गरी बजेट दिएको खण्डमा त्यसपछि आउने जस्तो सुकै परिणामको जिम्मेवारी आफूहरु नहुने समेत नेकपाले चेतावनी दिएको छ ।

त्यस्तै कोभिड–१९ को रोकथाममा पनि उनको भूमिका उल्लेख्य नरहेको स्थानीयहरुको गुनासो छ । क्वारेन्टाइनमा राखिएकाहरुलाई मनोमानी तरिकाले आफ्नो पसलबाट सामानहरु लिने गरेको खुलेको छ । आफ्नो पसल खोल्ने तर अरुको पसल बन्द गर्न लगाउने गरेको, गाउँपालिकाको मोटरसाइकल लगायत सरकारी सम्पत्तीको दुरुपयोग तथा राहातमा पनि आफ्ना मान्छे हेरेर वितरण गर्ने गरेको स्थानीयको आरोपछ । उनको केही दिन अगाडि बड्डीचौरका व्यवसायीले विरोधसमेत गरेका थिए ।

यता वडाअध्यक्ष मस्र्याङ्गीले भने पुरानो समितिलाई बाइपास नगरिएको भन्दै समितिले काम गर्न नसक्ने बताए पछि कार्यपालिकाबाट आएको बजेट फ्रिज हुने अवस्था आएपछि नयाँ समिति गठन गरिएको दावी गरे । आफूले कुनैपनि नियम विपरित कार्य नगरेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया