जाजरकोटमा छैन महिनादिन पुग्ने चामल

सुर्खेत, २३ चैत ।

जिल्लामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटको डिपोहरुमा एक महिनालाई पनि नपुग्ने चामलको मात्रा रहेको छ । नयाँ बाली नपाकेको र पुरानो रित्तिएकाले जिल्लामा खाद्यान्न अभाव हुने देखिएको छ ।

कोरोना भाइरस (कोभिड (१९) का कारण ‘लक डाउन’ खाद्यान्न ढुवानीमा समस्या देखिएकाले खाद्यान्न ल्याउन नसकिएको शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार बारेकोट गाउँपालिकाको घाटमा एक सय ३० क्वीन्टल, नलगाड नगरपालिकाको चौखामा एक हजार दुई सय ७१, घोगीमा तीन सय ३३ क्वीन्टल, दशेरामा ५० क्वीन्टल, सदरमुकाममा एक हजार नौ सय २१ क्विन्टल चामल मौज्दात रहेको बताइएको छ । जुनिचाँदे गाउँपालिका ११ ताँगामा एक गेडा पनि चामल छैन ।

त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा चामल ढुवानीका लागि बोलपत्र आह्वान भए पनि अहिलेसम्म ठेक्का सदर भएको छैन । अहिले जिल्लाभर तीन हजार ६ सय ३५ क्वीन्टल चामल मात्र मौज्दात छ । साउन महिनामा जिल्लाबाट निर्णय गरेर पठाइएको खाद्य डिपोको प्रस्ताव केन्द्रले अहिलेसम्म स्वीकृत गर्न सकेको छैन । घरंगा, टापुचौर, रजुतरा, काउली, काँडा र पोखरामा डिपोहरु स्वीकृत नभएको हो । जिल्लाका सबैलाई पायक पर्ने ठाउँ नभएकाले खाद्यान्न आपूर्तिका लागि नयाँ ठाउँको प्रस्ताव गरिएको थियो ।

जाजरकोटमा छैन महिनादिन पुग्ने चामल

कोरोनाविरुद्ध जनचेतना फैलाउदै बड्डिचौर खानेपानी

जाजरकोटमा छैन महिनादिन पुग्ने चामल

जागिर त प्रशासनतर्फकै खानुपर्ने रहेछ

Leave a comment

Your email address will not be published. Required fields are marked *