गुराँसेमा पनि हिउँ : फोटो फिचर

 

सुर्खेत : पश्चिमी वायुका कारण बिहिबार साँझदेखी सुर्खेतमा वर्षा र कर्णालीका उच्च हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।

दैलेखको गुराँसेमा पनि हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । सुर्खेतमा २४ घण्टामा ४२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । कर्णालीका कालिकोट, जुम्ला र हुम्लामा हिमापत भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

जुम्लामा एक फिटसम्म हिउँ परेको छ । हिमापतले जुम्ला, मुगु र हुम्लामा हवाइ उडान समेत प्रभावित भएको छ । हिमापत र वर्षा जारी रहेकाले चिसो अझै बढ्न सक्ने भएकाले नागरिकलाई सजकता अपनाउन पराजुलीले आग्रह गरे । सुर्खेतमा न्युनतम तापक्रम ८ दशमलव ७ र जुम्लाको माइनस शून्य दशमलव २ डिग्री छ ।

गुराँसेमा पनि हिउँ : फोटो फिचर

प्रविधि र प्रयोगशाला नहुँदा घोषणामा चुनौती

गुराँसेमा पनि हिउँ : फोटो फिचर

‘गलत लेख्नेलाई नियन्त्रण गरौं’ : सभामुख शाही

Leave a comment

Your email address will not be published. Required fields are marked *