विपन्नका साढे तीनसय घर ठडिदैं

मुगु, १९ कार्तिक ।

मुगुमा ४ वटै स्थानीय तहमा दलित बस्ती लक्षित जनता आवास कार्यक्रमअन्तर्गत ३ सय ५० घर निर्माणाधीन छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अतिगरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्पप्रतिरोधी नयाँ घर सम्पुर्ण निर्माणको लागि केन्द्र सरकारले समयमै किस्ता भुक्तानी नगर्दा घर निर्माणमा ढिलाइ भएको हो ।

११ करोड ३ लाख ५० हजार लागतमा गत आर्थिक वर्ष ०७५÷७६ मा २ करोड ९० लाख ५० हजार पहिलो किस्तामा जुम्लाबाट आएको थियो । यस्तै गत आर्थिक वर्ष ०७६÷७७ को दोस्रो किस्तामा ३ करोड ४० लाख रकम बराबरको जनता आवास घर निर्माण हुँदै गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार चालू आव ०७७÷७८ को ५ करोड ९० लाख संघबाट आउन बाँकी छ । ‘सरकारले गत ११ चैतदेखि लकडाउन गरेपछि संघबाट आउने रकम समयमै नपुग्दा जनता आवासका घर निर्माणमा ढिलाइ भएको हो’, पूर्वाधार विकास कार्यालय मुगुका सबइन्जिनियर लक्ष्मीबहादुर भण्डारीले भने । उनका अनुसार छायानाथ रारा नगरपालिकाका १ सय ५८, कार्मारोङ ११, सोरु ६५ र खत्याड गाउँपालिकामा १ सय १६ भवन गरी ३ सय ५० घर निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका सामाजिक परिचालक देवेन्द्र विष्टले बताए । ती घर निर्माणका लागि ३ लाख ३२ हजारका दरले रकम वितरण गरिएको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि यहाँका गरिब तथा विपन्न दलित घरपरिवार खुसी छन् । वर्षौंदेखि उनीहरू झोपडीका घरमा बस्दै आएका थिए । ‘हामीजस्ता गरिब घरपरिवारले जस्ताले छाएका घरमा बस्ने कुरा सपनाजस्तै थियो । पानी परे पूरै घर पानी मात्र हुन्थे । अब ढुक्कले छानामुनि बस्न पाइनेछ । पानी परोस् कि हिँउ, नयाँ घर पाएपछि सुखी हुने भयो जिउ’, स्थानीय विपन्न परिवार खुसी बाँड्छन् ।

विपन्नका साढे तीनसय घर ठडिदैं

हराए अनुदान लिएर खुलेका सहकारी

विपन्नका साढे तीनसय घर ठडिदैं

सबै वडामा स्वास्थ्य संस्था

Leave a comment

Your email address will not be published. Required fields are marked *