सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दै उद्योग विभाग

काठमाडौं, १८ कात्तिक ।

स्थानीय लघु घरेलु तथा साना उद्योग तथा मझौला उद्योगको वृद्धि विकासका लागि उद्योग विभागले मिनी लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । प्रतिस्पर्धि बजारमा औद्योगिक विकास एवंम लगानी प्रवद्र्धनका लागि विभागले सातै प्रदेशमा यस्तो सम्मेलनको आयोजना गर्न लागेको हो ।

कम्पिटेटिभ मार्केटमा लगानीकर्ताहरुको उत्साह र सहजताका लागि माइक्रो लेभलमा मिनी लगानी सम्मेलनको आयोजना गर्न लागिएको विभागका निर्देशक भक्तराज जोशीले बताए ।

‘आज युग औद्योगिक युग हो । व्यक्ति, समाज र राष्ट्रकै आर्थिक उत्थानका लागि औद्योगिक विकास एवंम विस्तार अपरिहार्य छ । स्वदेशी लगानीमा होस् या विदेशी लगानी औद्योगिक विकास विना मुलुकको आर्थिक सम्वृद्धि सम्भव छैन ।’

निर्देशक जोशीले भने, ‘यसका लागि विभागले सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दैछ । तर व्यसायी, लगानीकर्ताहरुलाई निर्देशन नभएर हामीले हामीसँग भएको अनुभव बाँड्न चाहेका हौँ,’ निर्देशक जोशीले भने ।

जोशीका अनुसार विभागको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त कार्यक्रम समाबेस गरेपनि कोभिडका कारण उक्त कार्यक्रम प्रभावित हुन पुगेको थियो । तर वातावरण सहज बन्दै गएसँगै अब छिट्टै विभागले सातै प्रदेशमा उक्त कार्यक्रम लैजादैछ ।

मिनी लगानी सम्मेलनका लागि विभागले प्रत्येक प्रदेशका लागि समान २÷२ लाखका दरले कुल १४ लाख रुपैयाँ कार्यक्रम बजेट छुट्याइसकेको छ ।

रातोपाटीबाट साभार ।

सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दै उद्योग विभाग

अमेरिकी राष्ट्रपतीय निर्वाचन आजः को बन्ला नयाँ

सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दै उद्योग विभाग

सर्वोच्चमा सरकारको पुनरावलोकन निवेदनः कोरोना उपचार र

Leave a comment

Your email address will not be published. Required fields are marked *