सल्लीबजारमा हेलिप्याड निर्माण

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ सल्लिबजारमा हेलिप्याड निर्माण गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको वेस क्याम्प सल्लिबजार कार्यदलले हेलिप्याड निर्माण गरेको हो ।
दैवीप्रकोप उद्दारका लागि सेनाको सल्ली वेश क्याम्पमा हेलिप्याड निर्माण गरिएको नगरपालिका प्रमुख गोविन्दकुमार पुनले जानकारी दिए ।

उनले हेलिप्याड निर्माण भएपछि नागरिकहरुको उद्दार गर्न सहयोग पुग्ने बताए । अप्रत्याशित हुने दुर्घटना, भवितव्य, प्रकोप, आपतकालिन सुत्केरीको उद्दारमा हेलिप्याडले सहयोग पुग्ने पुनको अपेक्षा छ । नगरपालिकामा थप अर्को हेलिप्याड निर्माण गर्न ठाउँ छनौट गर्न लागिएको पुनले जनाए ।

सवुज गण सिमखर्क व्यारेकको सवुज सल्लिवेश क्याम्पको श्रमदान र बनगाड कुपिण्डे नगरपालिकाको करिव अनुमानित वजेट १० लाख हाराहारीमा हेलिप्याड निर्माण गरिएको हो ।

सल्लीबजारमा  हेलिप्याड निर्माण

कर्णालीमा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

सल्लीबजारमा  हेलिप्याड निर्माण

होटल महासंघ कर्णालीको अध्यक्षमा शाही

Leave a comment

Your email address will not be published. Required fields are marked *