हुम्लामा आफ्ना उम्मेदवारलाई धम्क्याइएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्ला जिल्ला सर्केगाड गाउँपालिको उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई धम्क्याइएको र अपहरणको शैलीमा लछारपछार गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्भयपूर्वक चुनाव लड्न पाउने वातावरण नभएको भन्दै आइतबार आयोगमा उजुरी दिएका हुन् । ‘हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि […]

सरकारी जग्गाको भाडा ब्यक्तिले असुल्दै

कर्णाली करिडोरको हुम्ला खण्डमा नयाँ स्थापना भएको सलीसल्ला बजार क्षेत्रमा सरकारी जग्गाको भाडा ब्यक्तिले असुल्दै आएको पाइएको छ ।

हुम्लामा कात्तिक देखि स्याउ टिप्न पाइने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका कार्यालय प्रमुख बिष्णुबहादुर मग्रातीले स्याउ बढी फल्ने तर ढिलोगरी पाक्ने भएकाले माथिल्लो हुम्लामा कात्तिक महिनामा मात्र पाकेको स्याउ टिप्न पाइने नियन लागु बनाएको बताए । उनले स्याउ काँचो नहोस् र गुणस्तरीय स्याउ बजारमा बिक्री गर्न यो नियम लागु गरिएको बताए ।

सिमकोटमा एक सय ८४ वटा भौतिक पूर्वाधार निर्माण

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही कम उपस्थिति भएको विषयमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले स्थानीय रेडियोमा सूचना, वडालाई पत्राचार गर्नुका साथै र सामाजिक सञ्जालमा जानकारी दिँदा पनि सेवाग्राही नआउन दुःखद पक्ष भएको बताए ।

जीप दुर्घटनामा दुई जना वडा अध्यक्षसहित नौं जना घाइते

दुर्घटनामा परेर सिमकोट २ र ३ का विभिन्न व्यक्ति गरेर नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ ।

तुइन चुँडिदा कर्णाली नदीमा मुगुका एक जना बेपत्ता

हुम्लाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुइन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् ।