१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ मा नहुने संकेत, पूर्वाधारको सुनिश्चितता भए मात्रै मिति तोकिनुपर्नेमा जोड

मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलुकद प्रतियोगिता निर्धारित समयमै सुरु नहुने संकेत देखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा २०७९ जेठ २२ देखि २८ सम्म भएको नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको थियो । सोही घोषणाअनुरुप कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि […]