जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको सहयोग

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित पत्रकारलाई प्रेस काउन्सिल नेपालले निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । भूकम्पको गएको केही समयपछि जाजरकोट पुगेका सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भूकम्पपीडित पत्रकारका लागि इन्टरनेट शुल्क सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । मन्त्री शर्माले गरेको प्रतिबद्धताअनुसार काउन्सिलको टोलीले जाजरकोटका २४ पत्रकार र केही सञ्चारमाध्यमलाई […]

एउटै ठाउँबाट तीन कार्यालयको सेवा

जाजरकोटमा तीन वटा सरकारी कार्यालयले एउटै भवनबाट सेवा प्रवाह गरेका छन् । कात्तिक १७ को जाजरकोट भूकम्पले भाडामा बस्दै आएको घर भत्किएपछि नापी कार्यालय, मालपोत कार्यालयले भेरी नगरपालिका–४, बोहरागाउँस्थित शिक्षा विकास तथा समन्वय एकाइको भवनबाट सेवा दिइरहेका छन् । जुनीचाँदे गाउँपालिका–२ का भीमप्रसाद न्यौपानेले एउटै भवनबाट तीन वटा कार्यालयले सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई समस्या हुने गरेको […]

भूकम्प प्रभावित क्षेत्रमा बीमा प्राधिकरण

ग्रामिण स्तरसम्म बीमाको पहुँच तथा दायरा विस्तार गरी आम नागरिकलाई बीमामा आवद्ध गर्न नेपाल बीमा प्राधिकरणले अभियानकै रुपमा विभिन्न तहका सरकार तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।

निजी गाडीले यात्रु बोके कारवाही हुने

जाजरकोटमा निजी गाडीले यात्रु बोके कारवाही गरिने भएको छ । विहिवार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको वैठकले जाजरकोटमा नयाँ भाडादर लगायतका विविध विषयमा निर्णय गरेको हो ।