एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० फर्म्याटमा हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही चैत ३० गतेदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ मा छ । […]