आइसोलेसनमा बसेका १८ जनाको रिपोर्ट नेगेटिभ

सल्यान, २३ असार ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा बसेका १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नगर प्रमुख गोविन्द कुमार पुनले पुष्प गुच्छा दिदै घर पठाएका छन् ।

घर फर्के पश्चात पनि १४ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । बनगाड कुपिण्डेका २६ विद्यालयका क्वारेन्टाइन खाली भएका छन् । अब भने क्वारेन्टाइनमा ३६ जना र आइसोलेसनमा ९ जना रहेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।

बनगाड कुपिण्डेमा तत्कालका लागि कोरोना नियन्त्रणको प्रयास सकारात्मक देखिएको छ । भारतबाट आउने नागरिक कम भए पनि आउने क्रम भने जारी नै रहेको नगरपालिकाले जनाएको छ ।

आइसोलेसनमा बसेका १८ जनाको रिपोर्ट नेगेटिभ

सरिता गिरीलाई पार्टीले ग¥यो कारबाही

Leave a comment

Your email address will not be published. Required fields are marked *