प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्छः प्रहरी महानिरीक्षक 

सुर्खेत, ११ भदौ । 

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी नागरिकको विश्वासको प्रतिक बन्नुपर्ने बताएका छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिका १२, छिन्चुस्थित आज इलाका प्रहरी कार्यालय परिसरभित्र नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको ११ कोठे भवनको उद्घाटन गर्दै महानिरीक्षक थापाले यो सुविधा सम्पन्न भवन ढुङ्गा र सिमेन्टबाट बनेको संरचना मात्र नभई नागरिकको विश्वास र आस्थाको केन्द्र बन्ने बताए ।

उनले भने, “देशैभरि २३५ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरु छन्, जसमा बेलायती सरकारको सहयोगमा नेपाल प्रहरीका अहिलेसम्म ५८ वटा प्रहरी सेवा केन्द्रले बनेका छन् । यसका लागि बेलायत सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।” रु तीन करोड ३५ लाख ३२ हजार लागतमा बनेको भवन अपाङ्गतामैत्री रहेको उनको भनाइ छ ।

भेरीगङ्गा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्याप्त पुँजी, प्रविधि र मानव दक्ष जनशक्ति भए मुलुकलाई धेरै योगदान गर्न सक्ने बताए । कर्णालीमा लागुऔषध, सवारी दुर्घटना, जातीय विभेद, बालबिवाह र घरेलु हिंसा विद्यमान रहेको जनाउँदै उनले यसको नियन्त्रण तथा निराकरणका लागि नेपाल प्रहरीको प्रभावकारी भूमिका हुनुपर्ने धारणा राखे । त्यस अवसरमा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. पुष्पराज शाही, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, बेलायती सरकारका प्रतिनिधि साईमन पिटरलगायतले भनाई राखेका थिए ।

प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्छः प्रहरी महानिरीक्षक 

बाँकेका बजारमा जुम्ली स्याउको माग बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *