कर्णाली ठुलो जात्रा सकियाे

गाेल्डेन बुढा
जुम्ला,१ भदौ।
जुम्लाको सदरमुकाम खलंगामा पाँच दिनसम्म संचालन गरिएको कर्णाली ठुलो जात्रा सकिएको छ।गत साउन २५ गतेदेखि सुरु भएको जात्रा आइतबार सकिएको हो।तामझाम र वाक्लो उपस्थितिमा माझे लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत रुपमा सकिएको थियोे। वि.सं. १९५३ साल देखि शुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठले बताए। प्रतिपदाको दिन शुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने उनलेे बताए।जुम्लामा गाँठे मंगल (घण्टाकर्ण) देखि लाखे नचाउँने र देउडा जात्रामा खेल्ने चलन छ । यो संस्कृति विशेष गरी मल्लकालिन सभ्यता बाट शुरुवात हुँदै आएको किंवदन्ती छ। त्यस सभ्याताले जन्माएको संस्कृति मुलुकका थुप्रै जिल्लामा वर्षेनी धुमधामसँग मनाउने गरिन्छ । खलंगामा जात्रा वर्षेनी धुमधामका साथ मनाइन्छ। जात्रा सम्बन्धि जानकार स्थानीय चित्रलाल श्रेष्ठका अनुसार वर्षै पिच्छे मनाउँदै आएको जात्राले वर्षभरि काम गरेका कर्णाली लगायत हिमाली जिल्लाका सर्वसाधारणहरुको थकान मेटाई तथा मनोरञ्जन दिनुको साथै संस्कृतिको पनि संरक्षण गरेको छ । जात्राका लागी जुम्लाका ग्रामिण वस्तिवाट मानिसहरु सदरमुकाममा बाक्लो रुपमा भित्रिएका थिए ।जुम्लाको यस जात्रामा जिल्ला प्रशासन, नेपाली सेना र नेपाल प्रहरीले पनि आफ्नो संलग्नताका साथ संस्कृतिलाई पनि संरक्षण गर्दै आएको छ । जात्रामा नेपाली सेना तथा नेपाल प्रहरीले आशा गुर्जा, बालगोपाल लाई भित्र्याएकोमा श्रीकृष्ण सलामी दिने र लाखेकाटेपछि सेनाको लस्कर सहित सलामी अर्पण सहित लामो रथयात्रा गरि सकेपछि सम्पन्न गरिने चलन छ । यस्तै चन्दननाथ नगरपालिका -९ श्रीढुस्का गाउँका तथा पुजारी बिष्णुप्रसाद उपाध्याय(रेग्मी)का अनुसार अन्तिम दिन वडिमालिकाबाट ल्याईएको सामग्रीको सरकारी रथ र नागरिकले वनाएको रथ सँगै मिसाएर चन्दननाथ मन्दिरमा सामग्री चढाउने, लाखे काट्ने र सलामी दिने प्रचलन छ। यस पटकको जात्रा पनि कृष्ण अष्टमीको दिन रातको १२ वजे कृष्ण जन्मिने र यसपछि देउडाखेल खेलेर रमाईलो गर्ने चलन रहेको छ । करिब एक साता लामो जात्रा हेर्न जुम्लामा डोल्पा, मुगु, दैलेख, कालिकोट, जाजरकोट सुर्खेत र रुकुम जिल्ला समेतका मानिसहरु आउने भएपछि अहिले जुम्ला सदरमुकाम खलङ्गा भरिभराउ छ । लाखे काटेपछि बेलुका ५ बजे असत्य माथि सत्यको विजय गराउन भान्ज कृष्णले मामा कंस(लाखे) को समाप्त गर्ने तत्पश्चात् सदरमुकाम विजय र्याली मनाउने मनाइने चलन अनुसार लाखेकाटी र्याली निकालेपछि औपचारीक रुपमा जात्रा सकिएको जानकारहरु बताउँछन् । जुम्ला बजारमा जात्राको अन्तिम दिन हजारौ मानिसहरु जात्रा हेर्न आउने प्रचलन पनि छ ।’जात्रामा आपराधिक कुनै पनि क्रियाकलाप भएनन्। कर्णालीकै जात्रालाई शान्त रुपमा सम्पन्न गर्न पोसाकसहित र सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियोे।नगर प्रहरी पनि थिए।यस्तै सिंजा क्षेत्रका सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा पनि जात्रा सम्पन्न गरिएकाे छ।
क्याप्सन: जुम्लामा सदरमुकाममा मानईएको जात्रा अन्तिम दिन तस्बिर गाेल्डेन बुढा जुम्ला !






