उपकरण अभावले रोकिएको डायलिसस सेवा दुई वर्षपछि सुरु

गाेल्डेन बुढा

जुम्ला,१ भदौ।
२०८० साल भदौ १४ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत जुम्लामा पुगेका थिए। बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेर डायलसिस सेवाको उद्घाटन गरे।उनले उद्घाटन गरे पनि सेवा सुरु हुन सकेकाे थिएन।लगत्तै प्राविधिक जनशक्ति र आवश्यक उपकरण अभावका कारण डायलासिस सेवा रोकिएको थियो।तर, अहिले उक्त सेवा दुई वर्षपछि डायलसिस सेवा सुरु भएको छ। छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका-२ की जीरकला बियारको पहिलो डायलसिस भएको हो । ‘आर्थिक अभाव थियो ।

मिर्गौलाको उपचार जुम्लामा हुन्न कि भन्ने अन्योल थियो,’ बियारले भनिन्, ‘पहिलो डायलासिस सेवा लिन पाउँदा निकै उत्साहित छु ।’ उनले यो सेवालाई निरन्तर अघि बढाउन समेत उनले माग गरिन् ।पहिले डालयसिस गर्न महँगो जहाजभाडा तिरेर नेपालगन्ज, काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो । अब जुम्लामै सुरु हुँदा राहतको महसुस भइरहेको बिरामीहरु बताउँछन्।कर्णालीमा न मिर्गौला रोगीका लागि औषधि उपचार थियो, न त डायलसिस सेवा नै । ‘बिरामीहरु रोग थन्काएर बस्नु परिरहेको थियो,’ स्थानीय परीलाल थापाले भने, ‘अहिले औषधि उपचार पनि छ । डायलसिस सेवा पनि सुरु भइसकेको छ । अब निरन्तर सेवाको खाँचो मात्र छ ।’अब कर्णाली प्रदेशसहित पश्चिम नेपालका मिर्गौलापीडितले डायलसिसका लागि महँगो खर्च गरेर बाहिर जानु नपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ डाइरेक्टर सविना थापाले डायलसिस सेवाले कर्णालीवासीले राहतको अनुभूति गर्ने बताइन्।स्वच्छ पानीको पहुँच पर्याप्त रुपमा नपुगेका कारण कर्णालीमा मिर्गौलाका बिरामीको संख्या धेरै भएको चिकित्सक बताउँछन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहप्रध्यापक डाक्टर पुजनकुमार रोकायाले डायलसिस सेवा निरन्तर रुपमा चल्ने बताए । उनले भने, ‘पहिले जनशक्ति, औषधि, उपकरणबीचको तालमेल मिलेको थिएन । अहिले सबै तयारी पूरा भएर सेवा सुरु भएको छ, अब रोकिँदैन ।’यहाँ डायलसिस गर्न ४ वटा मेसिन तयारी अवस्थामा छन् । दुई मेसिन सञ्चालनमा ल्याएर सेवा प्रदान भइरहेको छ ।

उपकरण अभावले रोकिएको डायलिसस सेवा दुई वर्षपछि सुरु

जुम्लाको धारामा अझै पनि विभेदको घाउ

उपकरण अभावले रोकिएको डायलिसस सेवा दुई वर्षपछि सुरु

सम्पादकीय ः नेता मात्रै किन ? कर्मचारी

Leave a comment

Your email address will not be published. Required fields are marked *