लक्ष्मी बैंक सल्लि शाखाको तेस्रो वार्सिक उत्सव

दुर्गा विसी ।
सल्यान, १८ असार ।
सल्यानको सल्लिमा सञ्चालित लक्ष्मी बैंक शाखाले तेस्रो वार्षिक उत्सव मनाएको छ । कोभिड–१९ का कारण ठुलो कार्यक्रम नगरिएको भन्दै शाखा प्रवन्धक केशव विक्रम सेनाले केक काटेर उत्वसब मनाएको जानकारी दिए ।
उनका अनुसार ३ वर्षमा शाखाका करिब ५ हजार सेवाग्राही पुग्न थालेको छ । सल्यानमा बैंक स्थापना भएपछि व्यक्तिगत प्रयोजन र सरकारी कामकाज, बैंकिङ कारोवारको लागि सल्यान खलंगा धाउनुपर्ने अवस्था हराएको छ ।






