आँखामा चक्कु प्रहार गरी फरार पक्राउ

सुर्खेत, २९ साउन ।
जिल्ला सुर्खेतमा एक युवकको आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दाका प्रतिवादीलाई घटना भएको करिब तीन हप्तापछि पक्राउ गरिएको हो ।मिति २०८२ साल साउन ९ गते राती करिब पौने १२ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित बसपार्कको माथिल्लो गेटमा लेकबेसी नगरपालिका–६ निवासी २२ वर्षीय ललित परियारमाथी सांघातिक आक्रमण भएको थियो ।

आक्रमणमा परी परियारको आँखामा गम्भीर चोट लागेको थियो ।घटनालगत्तै आक्रमणकारी फरार रहेका थिए । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा जुम्लाको हिमा गाउँपालिका वडा नं. ३ घर भई हाल सुर्खेत वीरेन्द्रनगर–९ मा बस्दै आएका २१ वर्षीय नवराज रावतको पहिचान गरी खोजी कार्य तीव्र पारेको थियो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार फरार रहेका रावत काठमाडौं जिल्लाको महानगरपालिका–१० बुद्धनगरमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष सहयोगमा उनलाई साउन २७ गते पक्राउ गरिएको हो ।पक्राउ परेका रावतलाई साउन २८ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उपस्थित गराईएको छ । उनीमाथि ज्यान मार्ने उद्योग तथा अंगभंग सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

आँखामा चक्कु प्रहार गरी फरार पक्राउ

बाँकेमा काठको उत्पादन वृद्धि हुँदै

आँखामा चक्कु प्रहार गरी फरार पक्राउ

“बाँके उठ्छ भने—पश्चिम उठ्छ : प्रतिनिधिसभामा सांसद

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds