भेरी अस्पतालमा ६ महिनामा ३२ जनामा एचआइभी पुष्टि, बालबालिका बढी जोखिममा

बाँके ,१६ साउन।
नेपालगञ्जस्थित भेरी अस्पतालमा पछिल्लो ६ महिनाको अवधिमा ३२ जना नयाँ एचआइभी संक्रमित पुष्टि भएका छन्। सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म गरिएको परीक्षणमा यति संख्यामा नयाँ सङ्क्रमण देखिएको हो।

सङ्क्रमण पुष्टि भएका मध्ये २९ जनाले भेरी अस्पतालबाट एआरटी (एन्टिरेट्रो भाइरल थेरापी) सेवा लिइरहेका छन्। चिन्ताजनक कुरा के छ भने, संक्रमितमध्ये अधिकांश बालबालिका रहेका छन्। विशेषगरी एचआइभी संक्रमित आमाबुबाबाट जन्मिएका बालबालिकामा यो सङ्क्रमणको जोखिम बढी देखिएको छ।

बालबालिका बढी जोखिममा
एएचएफ नेपालका कार्यक्रम संयोजक सञ्जय कुमार पौडेलका अनुसार, जाँच गरिएकामध्ये १० देखि १४ वर्ष उमेर समूहका ६० प्रतिशत बालबालिकामा एचआइभी संक्रमण देखिएको छ। त्यस्तै, १५–१९ वर्ष उमेर समूहमा ५० प्रतिशत र ४०–४९ वर्ष उमेर समूहका ४५ प्रतिशतमा संक्रमण देखिएको हो।

भेरी अस्पतालमा ६१३ जना सेवा लिने
हाल भेरी अस्पतालको एआरटी क्लिनिकमार्फत ६१३ जना संक्रमितले नियमित सेवा लिइरहेका छन्। तीमध्ये ५९९ जना स्वास्थ्य बीमा कार्यक्रममा समावेश छन्, जसले उनीहरूलाई औषधि तथा उपचार खर्चमा आर्थिक राहत दिएको छ।

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एआरटी फोकल पर्सन डा. सङ्केत कुमार रिसालका अनुसार, संक्रमितहरूको लागि एआइडी हेल्थकेयर फाउण्डेसन नेपाल परियोजनामार्फत यातायात, प्रयोगशाला परीक्षण, औषधि उपलब्धता तथा जटिल अवस्थाको व्यवस्थापनमा सहयोग गरिएको छ।
भेरी अस्पतालमा एचआइभी संक्रमितको संख्या स्थिर भए पनि बालबालिकामा संक्रमणदर बढ्न थालेको चिन्ताजनक संकेत हो। यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित गरिनु आवश्यक देखिन्छ। समयमै परीक्षण, सचेतना, बीमा कार्यक्रमको पहुँच र नियमित उपचारबाट एचआइभी नियन्त्रण सम्भव हुने विज्ञहरूको भनाइ छ।

 

भेरी अस्पतालमा ६ महिनामा ३२ जनामा एचआइभी पुष्टि, बालबालिका बढी जोखिममा

कर्णालीमा कृषि र सहकारी क्षेत्रमा उल्लेखनीय प्रगति

भेरी अस्पतालमा ६ महिनामा ३२ जनामा एचआइभी पुष्टि, बालबालिका बढी जोखिममा

अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds