हिमाकाे माेफ्लामा गाडी पुग्यो

गाेल्डेन बुढा

जुम्ला,५ साउन
जुम्लाको हिमा गाउँपालिकाकाे विकट बस्तीमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन्।हिमा-३ माेफ्ला गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीय खुसी भएका हुन् ।छिमेकी तिला गाउँपालिकाको कुँडारी -रुम्तु हुदै २६ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलोपटक मोफ्ला गाउँमा गाडी पुगेको हो। यस्तै जाेगिबाडा र चेमा गाउँका स्थानीय पनि लाभान्वित हुनेछन्। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीय बताउँछन्।गाउँमा जीप पुग्दा स्थानीयले चालक जुम्लाको सिंजा -६ भाडगाउँका भिमबहादुर बुढालाई फुलमाला र अविरले स्वागत गरेका थिए।

हिमा नदिमा पुल बन्न नसकेका कारण अहिलेसम्म मोफ्ला गाउँ सड्क सञ्जालमा जोडिन सकेको छैन।हिमा नदि अन्तर्गत देवारगाउँ-मोफ्ला जोड्ने पक्कि पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले यस बर्षका लागि २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। तर स्रोत सुनिश्चितता नहुदा लामो समय देखी काम हुन सकेको छै।यो सडक निमार्णमा तिला गाउँपालिका,पूर्वाधार विकास कार्यालय जुम्ला र सघनशहरी तथा भवन डिभिजन कार्यालय जुम्लाको सहयोगमा निर्माण भएको बाटोबाट जीप पुगेको हो।माेफ्ला गाउँका अगुवा गाेपाल राेकायाका अनुसार यो सडकबाट तीन बस्तीका ५ सय घरधुरी लाभान्वित हुनेछन्।माेफ्ला गाउँका तीन ५०,चेमा गाउँका ५० सय र जाेगिबाडा गाउँका १ सय घरधुरी छन्।अब नागरिकलाई स्वास्थ्य सेवालगायत अन्य व्यापारका आवश्यक हिसाबले सडकको प्रयोग गरेर सदरमुकाम खलंगासम्म सेवा प्रवाहमा जोडिने राेकायाले बताए। उक्त गाउँबाट जुम्ला बजार डेढ घण्टामा पुगिनेछ।खाद्यान्न र दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सजिलो हुनेछ्।सडकसम्म पुग्न आधा घण्टा उकालो ओरालो हिँड्नुपर्ने बाध्यता अहिले अन्त्य भयाे।माेफ्ला,चेमा र जाेगिबाडा गाउँमा सबैभन्दा बढी सिमी,आलु,स्याउ,चिनाे,कागुनाे लगायतका स्थानीय बाली उत्पादन हुने गर्छ ।यसअघि गाउँसम्म सडक नहुँदा र बजार टाढा हुँदा फलफूल र अन्नबाली गाउँ मै कुहाउने अवस्था थियो । अब यी कृषि वस्तुले बजार पाउने स्थानीयले अपेक्षा गरेका छन्। भने गाउँलेहरु सिधैँ आर्थिक क्रियाकलापमा जोडिने छन्।

राेकाया भन्छन्- “यातायातको सुविधा नहुँदा स्थानीय बाली तथा फलफूल , सदरमुकाम खलंगा बजारमा बोकेर बिक्रीका लागि पुर्‍याउन समस्या थियो, अब गाउँमै गाडी पुगेपछि बिक्रीका लागि सहज हुनेछ ।” पहिलोपटक गाडी गाउँमै पुग्दा निकै खुशी लागेको स्थानीय ७६ वर्षीय वृद्ध करविरे राेकायाले बताए। सडक बन्ला भन्ने सपना पनि नदेखेकोमा गाडीसमेत गुडेको देख्दा खुशी लाग्याे उनलेे,भने।उक्त गाउँपालिकाको वडा -३ मा सडक सञ्जाल विस्तार भएसँगै सहजरूपमा आहोरदोहोर गर्न पाइने भएको छ।

हिमाकाे माेफ्लामा गाडी पुग्यो

पानी नपर्दा व्याडमै सुक्न थाल्यो धान

हिमाकाे माेफ्लामा गाडी पुग्यो

सम्पादकीय : डेङ्गी नियन्त्रणमा हातेमालो गरौं

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds