प्रति फाेटाेकाे २० रुपैयाँ तिर्छन्: पर्यटकहरु
गाेल्डेन बुढा
जुम्ला ,४ साउन।
जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा तीन वर्ष आईएसीएजीकाे काेर्ष सकाए।केही वर्षसम्म जागिर खाेजे, विभिन्न ठाउँमफ साथीभाइ र चिनजानका लाई हारगुहार गरे।सामान्य ठाउँमा जागिर गर्न मन लागेन्।जुम्लाको चन्दननाथ नगरपालिका -३ डाँडाकाेट गाउँका२० बर्षिय प्रकाश सुनारले काम गर्दा रमाइलो र आम्दानी पनि हुने बाटो के होला ? भनेर खोजीनीति गर्न थाले। जुम्लामा घुम्न आउने हरकोहीले फोटो चिनो लैजाने मनसाय हुने भएकोले त्यसबाट राम्रो आम्दानी हुन सक्ने उनलाई सोच आयो। जुम्लाको पर्यटकिय स्थलमा फोटो खिच्ने सोच बनाए ‘अरुको नोकरी भन्दा, आफूलाई समय दिने र आम्दानी पनि हुने पेशा के होला? भनेर सोच्दा दिमागमा फोटोग्राफीको आइडिया आयो,’ प्रकाशले।भने,सुरुका दिनमा प्रकाशलाई क्यामेरा चलाउन आउँदैन थियो । भनिन्छ ‘जहाँ इच्छ त्यहाँ उपाय ।’ उनले आफ्नो जेठो दाइकाे मद्घतबाट क्यामेरा चलाउन सिके ।प्रकाश भन्छन्, ‘मैले क्यमेरा चलाउने कुनै तालिम लिएको छैन, दाइको सहयोगले क्यामेरा चलाउन सिकेँ ।’जुम्ला उपत्यकाभित्र रहेका पर्यटकीयस्थलमा विगत आठ महिनादेखि उनले पर्यटकका फोटो खिच्दै आएका छन्।
घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर उनले आम्दानी गरिरहेका हुन् । पर्यटकीय स्थलमा फोटोग्राफी आम्दानीको गतिलो माध्यम बनेको छ।घुम्न आएका हरकोहीले आफ्नो घुमफिरलाई यादगार बनाउन फोटो र भिडियो खिचाउने गरेका छन्। जिल्ला बाहिर र भित्रबाट आउने पर्यटकहरुको गुणस्तरको फोटो खिचेर तुरून्तै मोबाइलमा उपलब्ध गराउँछन् ।
‘एक दिनमा सयौँ फोटो खिच्छु, खिचाउनेहरुलाई मन परेमा २० रुपैयाँ प्रति फोटोको दरले मोबाइलमै फोटो दिन्छु,’ प्रकाश थप्छन्, ‘काम गर्दा रमाइलो लाग्छ,पहिले म सोध्थे फोटो खिचाउने भनेर, अहिले फोटो खिच्नका लागि पर्यटकले आफै खोज्छन् ।’उनले आजभोलि जुम्लाको चन्दननाथ नगरपालिका -६ मा अवस्थित पवित्र स्तुपा डुडुल चैत्यमा फाेटाे खिच्ने गर्छन्।विहान १० बजेदेखि बेलुका ५ बजेसम्म पवित्र स्तुपा डुडुल चैत्यमा व्यस्त देखिन्छन्। अर्डर अनुसार गुठिचाैर,धिमीचाैर,कर्णाली प्राविधिक शिक्षालय,खाली पाटन,धिताचाैर (केसर) खेती क्षेत्रमा घुम्न आउने पर्यटकको फोटो खिच्न पुग्छन्।‘फोटोग्राफीबाट आफूलाई बुझ्ने मौका पाएको छु,घोटिएर काम गर्नुपर्दैन,’ उनलेे अंगालेको अहिलेसम्मको अनुभवको निचोड हो यो।आफ्नो यो कामबाट अन्य साथीहरु र घरमा परिवार प्रभावित छन्।म खुसी छुँ,प्रकाशका दाजु दिनेश सुनारले भने,´प्रकाशले दैनिक औसत एक हजार पाँच सय रुपैयाँ भन्दा बढी कमाउँछन्।प्रति दिन ८० जनाले फाेटा खिच्छन्। उनलेे भने,मासिक ५० हजार रुपैयाँ आम्दानी गर्छन्, कुनै महिनामा त ६०/७० हजार रुपैयाँ कमाइ हुन्छ,’ उनी भन्छन्, ‘यसबाट आफ्नो आवश्यकता पुरा गरेको छु र घरमा ६ जनाकाे परिवारकाे खर्च धानेको छु ।’प्रकाश जस्तै फोटो खिचेर घर गुजारा गरेका छन्।
जुम्लाको गुठिचाैर गाउँपालिका -४ खल्लाबाडा गाउँका अर्जुन नेपालीले पनि उनलेे यो कार्य थालनी गरेको तीन महिना भयो। १९ वर्षीय अर्जुन यसबाट दुईवटा बहिनीलाई पढ्ने र घरमा बुबाआमालाई पनि गर्न घर खर्च लुगाफाटो गर्न सकिने बताउँछन्।‘फोटोग्राफी मेरो शौक हो, यहीँबाट आम्दानी हुँदा शोक र आवश्यकता पुरा भएको छ,’अर्जुनले भने। नेपालगन्जकाे व्वाटर पार्कमा तीन महिना तालिम सिकेको सीप सिकेका थिए। ४५ हजार रुपैयाँले सीप सिके नेपालीले भने।दिनमा दुई हजार अनिवार्य कमाउँछु। उनी पनि अर्डर आए जिल्लाका विभिन्न पर्यटकीय स्थलमा पुग्ने बताउँछन्।‘अहिले कतै जागिरका लागि धाउनु परेको छैन।आफ्नो र परिवारको खर्च यहीँबाट जुटाइरहेका छौँ।’यता जुम्लाको तिला गाउँपालिका -४ सापुल्ली गाउँका एकिन्द्र शाहीले पनि दुई वर्ष देखि पवित्र स्तुपा डुडुल चैत्यमा फाेटाे खिच्ने गरेकाे बताए।उनलेे फाेटाे खिच्ने,भिडियो बनाउने गर्छन्।प्रति फाेटा २० रुपैयाँ र प्रति भिडियो बनाएको ५० रुपैयाँ लिन्छु।शाहीले भने, दिनमै चाेखाे १ हजार पाँच सय कमाई हुन्छ।‘हामीले यहाँ रुपियाँ पैसा मात्र नकमाएर यो ठाउँको प्रवर्धन पनि गरिरहेका छौँ, यो ठाउँलाई जताततै चिनाउने काम गरेका छौँ, यो ठाउँ फोटोग्राफीका लागि उचित स्थान छ, सुट गर्ने राम्रो ठाउँ छ, मानिसहरूको पनि ओहोरदोहोर र भिडभाड हुने गर्दछ।यस्तै राेल्पाकाे गंगादेव गाउँपालिका -६ खानी गाउँका जीवन राना पनि जुम्लाको पर्यटकीय स्थल पवित्र स्तुपा डुडुल चैत्यमा फाेटा खिच्ने काम गरिरहेका छन्।उनलेे भने, विगत पाँच महिना देखि फोटो खिच्ने कार्य सुरु गरेको छुँ।मासिक ३५ हजार रुपैयाँ आम्दानी भइरहेको सुनाए।उनलेे भने,एक वर्ष दाङ र दुई वर्ष राेल्पाकाे सदरमुकाम लिवाङ फाेटा खिच्ने काम गर्थे,अहिले जुम्ला पुगेका छन्।उनिहरुलाई क्यामेरा बोकेर आएँ, सुरुसुरुमा लाज पनि लाग्थ्यो, सुरुका अहिले दैनिक एक देखि दुई हजार रुपैयाँ आम्दानी भइरहेको छ।
’’यता बाैद्व मार्गी सेवा संघका चाैकिदार गाेर्ख बुढाका अनुसार प्रकाश,अर्जुन,जीवन र एकिन्द्र शाहीले मुगाली बाैद्व मार्गी सेवा संघलाई एक बर्षसम्मका सम्झौता गरेका छन्।उनिहरुले प्रति व्यक्तिले ३ हजार रुपैयाँ राजश्व तिर्ने गरिरहेका छन्।चाैकिदार बुढाले भने,फोटो खिच्ने मात्रै नभएर टिकटक बनाउने र भिडिओ खिच्ने विभिन्न उमेर समूहका मान्छेहरू आउने गरेको बताउँछन्,।दिनमा ५ देखि ७ सय भन्दाबढी पर्यटक आउँछन्। संघले घुम्न जाने पर्यटकहरुलाई प्रति व्यक्ति २० रुपैयाँ टिकट काट्ने व्यवस्था गरिएको छ।





