नेपालगन्ज भन्सारमा २० अर्ब बढी राजश्व सङ्कलन

बाँके ,१ साउन।

नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार उक्त अवधिमा कूल २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरिएको हो।

यसअघिको आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन गरिएको थियो। सोही आधारमा चालु आवमा अघिल्लो वर्षको तुलनामा दुई अर्ब १२ करोड रुपैयाँले राजश्व संकलन बढेको हो।

हालै सार्वजनिक प्रारम्भिक विवरणअनुसार २०८१/८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य राखिएको थियो। तर सो लक्ष्यको ७४.६३ प्रतिशत मात्रै संकलन हुन सकेको कार्यालयले जनाएको छ।

भन्सार प्रमुख पौडेलले लक्ष्य पूरा नभए पनि संकलनमा उत्साहजनक वृद्धि भएको बताउनुभयो। उहाँका अनुसार राजश्व संकलनमा पेट्रोलियम पदार्थको आयातले मात्रै करिब ५० प्रतिशत योगदान पुर्‍याएको छ।

नेपालगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएपछि लागत बढेको, केही व्यवसायी तथा मालबाहक सवारीले अन्य नाका प्रयोग गर्न थालेका कारण राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेको कार्यालयको भनाइ छ।

नेपालगञ्ज भन्सार नाकाबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयात हुँदै आएको छ भने जडिबुटी लगायतका सामाग्रीको निकासीसमेत हुने गरेको तथ्यांकले देखाएको छ।

सङ्कलनमा चुनौती भए तापनि अघिल्लो वर्षको तुलनामा प्रगति सन्तोषजनक रहेको भन्सार कार्यालयले जनाएको छ।

 

नेपालगन्ज भन्सारमा २० अर्ब बढी राजश्व सङ्कलन

श्रमिकको सम्मान गर्दै :जुम्लाको तिला गाउँपालिका !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds