सिम्ता गाउँपालिकाको प्रि–बजेटबारे छलफल सुरु

दुर्गा विसी ।
सुर्खेत, १६ असार ।
सुर्खेत सिम्ता गाउँपालिकामा ७ नगर सभामा प्रस्तुत बजेटसँगै नीति तथा कार्यक्रमका बारे मंगलवारबाट छलफल सुरु भएको छ । नीति तथा कार्यक्रम छलफल पश्चात् सुझाव अनुरुप पारित हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए ।

नागरिक समाज, दलका प्रतिनिधि, विषगत शाखा प्रमुख, उद्योग वाणिज्य संघ लगायका प्रतिनिधिहरुले बजेटको विषयमा सुझाव दिएका छन् । बृहत् छलफल र सुझावलाई गहन ढंगबाट केलाएर मात्रै बजेट र नीति तथा कार्यक्रम पास हुने उपाध्यक्ष चन्द्रकला शाहिको भनाइ छ ।
बाहिर नभए भित्रि रुपमा कोरमै सुझाव दिन उनको भनाइ थियोे । पार्टी प्रतिनिधि नेकपा गणेश विक, झुपवहादुर वुढा, नेपाली कांग्रेसका वीरेन्द्र रावत, उद्योग वाणिज्य संघका गणेश सुनारले आ आफ्ना धारणा राखेका थिए ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, प्राविधिक, महिला तथा बालबालिका, शाखा र सरोकारवाला निकायले समेत बजेटको बारेमा सुझाव सहितको धारणा राखेका थिए ।दलका प्रतीनिधि र विषयगत शाखाबाट आएका सुझावलाई समेटिने प्रमुख प्रशासकिय अधिकृत जनकवहादुर हमालले जानकारी दिए ।
सामुहिक छलफल र सबैको सुझावलाई ग्रहण प्रश्चात नीति तथा कार्यक्रमसँगै बजेट पास हुने जनाएको छ । बजेट माथिको छलफल १५ दिन चल्ने छ ।






