वर्षायाममा विपद् नमुना अभ्यास

गाेल्डेन बुढा

जुम्ला,२७ जेेेष्ठ।

जुम्लाको चन्दननाथ नगरपालिका -१ दानसाँघुमा अवस्थित नदिमा केही व्यक्ति बगाँउदै गरेको भयावह दृश्य देखियो।देख्नेहरु अत्तालिँदै हारगुहार माग्दै बचाउन आग्रह गर्दै थिए। लगत्तै नेपाली सेना डुंगा लिएर गाेताखाेर टाेली सहित बग्दै गरेकाहरुलाई बचाउन उद्वारमा जुट्याे।तत्कालै सेनाले उद्वार गरेपछि नदिमा बग्दै गरेकाले पुनः जीवन पाए।नजिकै डिलमा बसेर नेपाली सेनाले सोमबार गरेको विपद नमूना अभ्यास हेर्दै गरेका स्थानीयहरु मध्ये मानिसहरूमध्ये स्थानीय टेकबहादुर शाहीले आफूलाई सम्हाल्न सकेनन्।’यस्तो विपद शत्रुलाई पनि नपरोस्,’ गाउँले पानीसँग जबरजस्ती गर्न हुँदैन रहेछ भन्ने सिकेको उनले बताए। विपदको समयमा सूचना पाएलगत्तै उद्धारमा खटिने गरी सुरक्षाकर्मी छिटो आउने गरी राज्यले व्यवस्था गर्नुपर्ने शाही बताउँछन्।’विपद नमूना अभ्यास हेरेर कसरी उद्धार गरिने रहेछ,भन्ने जानकारी पायौं,’उनलेे भने, ‘तर साँच्चै विपदको समयमा तालिम प्राप्त सुरक्षाकर्मीहरू तुरून्तै आउने गरी राज्यले व्यवस्था गर्न सक्नुपर्छ। तब मात्र नागरिकको जीउधनको रक्षा गर्न सकिन्छ´।

विपद नमूना अभ्यासले गर्दा आफूहरूले प्राकृतिक विपदमा कसरी जीवन रक्षा गर्ने भन्ने बारेमा जानकारी पाएको एकुमाया गुरुङले बताइन्।’विपद नमूना अभ्यासबाट हामीले विपदको समयमा आत्तिन नहुने कुरा पनि सिक्यौं,’ गुरुङले भनिन्,´ बाढीपहिरो र भूकम्पको जोखिमबाट कसरी बच्न सकिन्छ, भन्ने बारेमा प्रत्यक्ष जानकारी पाइयो।’सुनेरभन्दा पनि देखेको धेरै समयसम्म सम्झिने भएकाले नमूना अभ्यासले विपदको समयमा कसरी उद्धार गर्ने भन्ने बारेमा आफूहरूले सिकेएको उनिहरु बताउँछन्।पूर्वतयारी पनि गर्नुपर्ने रहेछ, भन्ने बारेमा जानकारी पायौं,’ मालिका आधारभूत विद्यालयका विद्यार्थीले सुरेस कामील भने, ‘विपद नै परेको जस्तो दृश्य देख्दा आङ नै सिरिंग भयो।श्री देवीदत्त गण जुम्लाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय,चन्दननाथ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं.३३ गण, प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म, जिल्ला विपद् व्यवस्थापन समिति तथा रेडक्रस जुम्लाको संयोजनमा सोमबार विपद नमूना अभ्यास भएको थियो। सुरक्षाकर्मीहरूले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्ने तरिकाहरूसम्म सिकाएका हुन्।

चन्दननाथ -१ दानसाँघु स्थित तिला नदी र आसपासको भिरमा व्यावहारिक अभ्यास गरेका थिए।सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गरेको, नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको बारेमा व्यावहारिक अभ्यास गरिएको थिय। विपदकाे बेला उद्धार गर्ने भन्ने बारेमा भएको अभ्यासको देवीत्त गण जुम्लाका गणपति धिरज थापा, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही,जिल्ला प्रहरी प्रमुख रविनबाबु रेग्मी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा लगायतले विपद नमूना अभ्यासकाे निरीक्षण गरेका थिए। गणपति धिरज थापाले भने,’विपदबाट सर्वसाधारणको उद्धार गर्न सकिन्छ, भन्ने ठानेर नै हामीले नमूना अभ्यास गरेका हौं,’ यस्ता कार्यलाई स्थानीय तहले पनि आफ्नो कार्यक्रम बनाएर व्यापक प्रचारप्रसार गर्न आवश्यक छ।’बिना कुनै सूचना आउने विपद्‌ले धेरै मानवीय र धनजनको क्षति निम्त्याउँछ ।

विपद्‌को रोकथाम, विपद्‌को समयमा उद्धार तथा विपद्पछि गरिने काम कारबाहीमा सदैव तयारी हालतमा रहनुपर्ने बताउँछन्।वर्षायाम सुरु हुनै लाग्दा जुम्लामा विपद्‌बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक थियो।प्रजिअ शाहीले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि व्यावहारिक अभ्यास गरेर सिकाइएको बताए।उनले भने्‘विपद् कसैलाई साधेर आउने होइन । एक्कासी आइपर्ने भएकाले पूर्वसावधानीका विषयमा सबै चनाखो बन्नु पर्ने देखिन्छ ।’ जुम्ला पनि विपद् प्रकोपको उच्च जोखिममा छ ।

 

जुनसुकै समयमा विपद् आइपर्न सक्छ,‘समुदायस्तरमा व्यावहारिक अभ्यास गराएर सिमुलेसन गराउँदा आफैं पनि गर्न सकिने अवस्था रहन्छ। उक्त अभ्यासमा मालिका आधारभूत विद्यालय आचार्यबाडा,नवप्रभात आधारभूत विद्यालय दानसाँघु र कैशाल बाेधी विद्यालयका झन्डै १ सय बढी विद्यार्थी पनि विपद् बारे जानकारी गराइएको थियो।’

वर्षायाममा विपद् नमुना अभ्यास

खेलकुद विकास परिषद्मा नियम विपरित सदस्य सचिवको

वर्षायाममा विपद् नमुना अभ्यास

सम्पादकीय : खेलकुद परिषद्लाई निकास देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *