हुम्लाबाट घाइतेको उद्धार गरी सुर्खेत ल्याइयो

सुर्खेत । हुुम्लामा माटोको ढिस्कोमा पुरिएर घाइते भएका चार जनाको उद्दार गरि सुुर्खेतमा ल्याइएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर घाइते भएकालाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
मोटोको ढिस्को पुर्दा स्थानीय नेत्रकला जैशीको मृत्यु हुनका साथै चार जना घाइतेका भएका थिए । घाइते भएका बर्ष २५ का तिर्थकला जैशी, बर्ष ३७ का जालकी जैशी, बर्ष २२ का मन्जु जैशी र बर्ष २९ का लक्ष्मादेवी जैशीलाई थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सूचना अधिकारी राजेन्द्रकुमार चन्दले बताए । ‘उहाँहरुलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्दार गरिएको छ,’ उनले भने,‘उनीहरुको अहिले कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।’
घाइतेको सुर्खेतको वीरेन्द्रनगर–१२ स्थित पश्चिम एयर वेशदेखि हुम्लाको लागि टेकअप भएको नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई उद्दार गरिएको हो ।






