बर्दियाका महिलाले गरे सालको पात संकलन गरेर दुना टपरी उद्योग संचालन

सरला सुवेदी ।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका महिलाहरूले सालको पात संकलन गरी दुना(टपरी उद्योग संचालन गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्ने उदाहरण प्रस्तुत गरेका छन्। बारबर्दिया नगरपालिका वडा नम्बर ७ का मध्यवर्ती सामुदायिक वनका उपभोक्ता महिलाहरूले वनमा खेर गइरहेका सालका पातको सदुपयोग गर्दै घर नजिकै दुना(टपरी बनाउने काम शुरू गरेका हुन्।

आर्थिक अवस्था कमजोर भएका १० जना महिलाको समूह बनाएर यो कार्य अगाडि बढाइएको छ। महिलाहरूलाई नगरपालिकाले तालिम प्रदान गरेको छ भने वडाकार्यालयले दुना(टपरी बनाउने मेशिन उपलब्ध गराएर सहयोग गरेको छ। प्लास्टिक र फाइबरजन्य वस्तुको प्रयोगलाई प्रतिस्थापन गर्ने र स्थानीय वनमा खेर गइरहेका स्रोतहरूको उपयोग गर्ने उद्देश्यसहित यो योजना अघि सारिएको हो।

मध्यवर्ती सामुदायिक वनका सदस्य महिलाहरूले घरको कामबाट बचेको समयको सदुपयोग गर्दै आयआर्जनका लागि यो कार्य थालेका हुन्। यसले महिलाहरूलाई सानो सानो खर्चका लागि अरूको भर पर्नु नपर्ने अवस्था सिर्जना गरेको छ।

दुना(टपरी बनाउने समूहकी सदस्य मीना थारूले भनिन्, ूपहिले पैसा कमाउनका लागि हामीसँग विकल्प थिएन। अहिले सालको पात प्रयोग गरेर दुना(टपरी बनाएर बेच्न थालेपछि मासिक ५ देखि ६ हजार रुपैयाँ आम्दानी भइरहेको छ। यसले हाम्रो घरखर्च चलाउन सहयोग गरेको छ।ू

अर्की सदस्य रीता चौधरीले भनिन्, ूहामीले सोच्न पनि सकेका थिएनौ, सालको पातको यस्तो राम्रो उपयोग गर्न सकिन्छ भनेर। अब यो कामले न केवल हाम्रो आम्दानी बढाएको छ, बल्कि हाम्रो आत्मविश्वास पनि बढाएको छ।ू

स्थानीय वडा कार्यालयले पनि महिलाहरूको यो प्रयासलाई निरन्तर सहयोग गरिरहेको छ। वडा अध्यक्ष इन्द्रप्रसाद थारुका अनुसार, ूयो योजना महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै वातावरण संरक्षणको दृष्टिकोणले पनि महत्वपूर्ण छ।ू

यो उद्योगले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै वातावरणमैत्री उत्पादनको प्रयोग बढाउन मद्दत गरेको छ। सालको पातबाट बनाइएको दुना(टपरीले प्लास्टिकजन्य सामानको उपयोगलाई घटाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने अभियानलाई पनि बल पुगेको छ।

महिलाहरूको यो पहलले सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश दिएको छ। अब यी महिलाहरूले आत्मनिर्भरता हासिल गरी समुदायका लागि प्रेरणाको स्रोत बनेका छन्।

बर्दियाका महिलाले गरे सालको पात संकलन गरेर दुना टपरी उद्योग संचालन

YUGAAWHAN NATIONAL DAILY (2081-09-16)

बर्दियाका महिलाले गरे सालको पात संकलन गरेर दुना टपरी उद्योग संचालन

मुहान सुकेपछि खलंगामा पानीको समस्या