मुहान सुकेपछि खलंगामा पानीको समस्या


खडेरीले पानीका मुहानहरू सुक्दै गएपछि जुम्लाको सदरमुकाम खलंगा काकाकुल बनेको छ । धारामा पानी नआएपछि खलंगाबासी तीला नदीको दूषित पानी प्रयोग गर्न बाध्य छन् । जुम्लाको चन्दननाथ नगरपालिकाको खलंगा बजारमा जडान गरिएका घरधारामा दुई पानी आउदैन । धारामा पानी आउन छाडेपछि खलंखाबासी खानेपानीको चरम अभाव झेलिरहेका छन् ।

आसपासका मुहान सुकेपछि स्थानीयको पानीको विकल्प अब तीला नदी मात्रै रहेको छ ।खलंगामा १० किलोमिटर टाढा जुम्लाको पातारासी गाउँपालिका(६ को बडेखोली, पातारासी(७ को रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका(६ खलगाडा खोलादेखि खानेपानी ल्याइएको छ । तर खडेरीले मुहानमा पानी सुकेपछि स्थानीय काकाकुल बनेका हुन् ।

२०५७ सालमा २ सय धाराको लागि मात्र खानेपानी आयोजना बनाइएको थियो, अहिले १ हजार ७ सय धारा छन् । बडेखोलीको मुहानमा ३ वटा पानीको मुहान मिसाइएको छ । तैपनि प्रतिसेकेन्ड २ लिटर मात्र उपलब्ध हुन्छ । हुन त खानेपानी समस्या समाधान गर्न खलंगा खानेपानी उपभोक्ता समितिले ४ लाख लिटर क्षमता भएको पानीट्यांकी बनाएको छ । तर त्यसले पनि नगरवासीको गर्जो टार्न सकेको छैन ।

खलंगामा पानीको सधैँ दुख छ । पछिल्लो समय सदरमुकाममै खानेपानीको राम्रोसँग व्यवस्थापन नहुँदा बढेको जनसङ्ख्यालाई ठूलो चुनौती थपिएको छ । त्यसैले खलंगाबासी बजारको फोहोरमैला बोकेर बग्ने तीला नदीको पानी खान बाध्य छन् ।यता जलस्रोत संरक्षण गर्न जुम्लाको पातारासी गाउँपालिकाले वातावरण संरक्षण ऐन ल्याएको छ।

गाउँपालिका भित्रका ४ सय ९५ वटा पानीका स्रोत मध्ये ३ सय ६५ वटा पानीका स्रोत संचालन छन् । उक्त पानीका स्रोत संरक्षणका लागि वातावरण ऐन ल्याईएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए। हिउँदे गाउँसभाबाट जलस्रोत तथा वन संरक्षण सम्बन्धि नीति ल्याइएको छ।अध्यक्ष बोहोराका अनुसार, पानीका स्रोतबाट आर्थिक समृद्धि हासिल गर्न सकिनेछ ।

पातारासी क्षेत्रमा रहेका जलस्रोतको संरक्षण स्थानीय सरकारले गर्ने दाबी गरे।बढ्दो जनसंख्या र मानविय गतिविधिले पानीका मुहान सुक्न थालेको भन्दै वन फडानी र डोजर आतंकलाई रोक्ने प्रतिबद्धता जनाए।गाउँपालिका स्तरीय जलस्रोत व्यवस्थापन समिति र कार्यदल बनाइएको छ।अब, सामुदायिक वनउपभोक्ता समिति सक्रिय हुनु पर्ने बताउँछन्। पानीका मुहान सुक्दै जान थालेपछि मुहान संरक्षण गर्न गत वर्षबाट पातारासीमा जल कचहरी कार्यक्रमको सुरुवात गरेको छ।जलवायु परिवर्तन, वन फडानी र जथाभावी डोजरको प्रयोगले पानीका मुहान सुक्दै जान थालेपछि जल कचहरीको सुरुवात गरिएको हो ।

जलस्रोत व्यवस्थापनका सवालमा जुम्लाको पातारासीमा दोस्रो पटक जल कचहरी गरिएको छ । पानीका मुहान संरक्षण देखि खानेपानी, सरसफाई र स्वच्छताका विषयमा पालिकालाई नीति निर्माणमा सहयोग गर्नको लागि जल कचहरी उदेश्य छ। गाउँपालिकामा (७ वटा वडा छन्। गाउँपालिकाको तथ्यांक पातारासी गाउँपालिकमा पानीका स्रोत ४ सय ९५ वटा छन् । जस मध्ये १ सय २९ वटा मात्रै प्रयोगमा छन् ।

तर, ३ सय ६५ वटा मुहान प्रयोगमा छैनन्।कुल ४ सय ९५ पानी स्रोत भएको पातारासी भित्र २ वटा नदि २ सय ४१ वटा मुल, २ सय ३३ वटा साना खोल्सा र १९ वटा ठुला खोल्सा छन् । पातारासीमा कतिपय मुहान सुकेको र कतिपय सुक्दै गएको स्थानीय बताउँछन् । स्थानीयले ढल निकास र पानी ट्याङ्किको मर्मत गरिदिन माग गरेका छन्।

मुहान सुकेपछि खलंगामा पानीको समस्या

बर्दियाका महिलाले गरे सालको पात संकलन गरेर

मुहान सुकेपछि खलंगामा पानीको समस्या

YUGAAWHAN NATIONAL DAILY (2081-09-17)