निर्माणाधीन कामहरू समयमै सम्पन्न गर्न निर्देशन


कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहतमा रहेका निर्माणाधीन संरचनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बुधबार निर्माण व्यवसायीसँग भएको छलफलमा मन्त्री भण्डारीले निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिए । यसका लागि अबका दिनमा कुनैपनि बाहना बनाउन नमिल्ने बताए ।

अहिले मन्त्रालय अन्तर्गत विभिन्न जिल्लामा १४ वटा योजना सञ्चालनमा छन् । तीमध्ये ५ वटा योजनाको म्याद सकिएको छ । उनीहरूका लागि मन्त्रालयले अन्तिम पटक म्याद थप गर्न समन्वय गरिदिने तर त्यसभित्र काम सम्पन्न गरिनुपर्ने उनले बताए ।

मन्त्री भण्डारीले सरकारका तर्फबाट हुने कुनैपनि काममा ढिलाई हुन नदिने प्रतिबद्दता समेत जनाए । तर निर्माण व्यवसायीले आफ्नो कारणले ढिला हुँदा सरकारलाई दोष दिन नहुने बताए ।

निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव वमले विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योगदान भरपूर रहेको बताए । उनले समयमा काम सम्पन्न नहुनुका कारणहरू कार्यालयको कमजोरी हुनुपनि बताए ।

केही पक्ष भने निर्माण व्यवसायीको पनि कमजोरी रहेको बताए । राज्यका निकाय जस्तै निर्माण व्यवसायीलाई पनि त्यस अनुरूपको व्यवहार गरिनुपर्ने भन्दै विभिन्न तालिम लिने व्यवस्था गर्न सुझाव राखे ।

निर्माणाधीन कामहरू समयमै सम्पन्न गर्न निर्देशन

भारतको बद्रीनाथ दर्शन गरेर फर्किए लुवासरका धामीझाँक्री

निर्माणाधीन कामहरू समयमै सम्पन्न गर्न निर्देशन

सम्पादकीय : पूर्वाधार कि व्यक्तिगत विकास कार्यालय

This will close in 0 seconds