सेनाको हेलिकोप्टर खराब मौसमका कारण लेकवेशीमा आकस्मिक अवतरण


डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान गर्ने तयारीमा रहेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ ।

लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो । तर,बाटोमै मौसम खराब भएपछि लेकवेशी नगरपालिका–६ मा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको थियो । मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल ल्याइपु¥याइएको छ ।

विरामी सशस्त्र प्रहरीका असई विसीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सेनाको हेलिकोप्टर खराब मौसमका कारण लेकवेशीमा आकस्मिक अवतरण

बांगेसिमलमाबाट अवैध चिनी बरामद

सेनाको हेलिकोप्टर खराब मौसमका कारण लेकवेशीमा आकस्मिक अवतरण

हुम्लामा ट्याक्टर दुर्घटना दुई जना घाइते