राष्ट्रिय मानव अधिकार दिवसमा,सुझाव संकलन


राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले २४ औ मानव अधिकार दिवस मनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार दिवशको अवसरमा जिल्लाका मानव अधिकार सवालको विषयमा अन्तरक्रिया गर्दै सुझाव संकलन समेत गरेको छ ।
आयोगका जुम्ला शाखा प्रमुख धनराज शाहीले जिल्लाको हालको अवस्था र जुम्लामा गरिरहेका कामका बिषयमा प्रस्तुतीकरण गरे । उनले आयोगले अनुसन्धान गरेका घटना घटना, जिल्लाको मानव अधिकारको बिषयमा जानकारी गरे।आयोेगका जुम्ला कार्यालय प्रमुख धनराज शाहीले जिल्ला स्तरमा समन्वय समिति गठन देखी तातोपानी लगाएतका केही स्थानीय तहमा समन्वय समिति गठन गरिएको छ ।
जिल्लामा विपत, महिला तथा वालवालिकाका सवाल, विकास निर्माण सहितका विभिन्नका सवालका मानव अधिकारको दृष्टिकोणबाट जानकारी गराए ।
दिवशको अवसरमा शुभकामना दिदै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले मानव अधिकार आयोगको कार्यालय जुम्लामा स्थापित गर्नका लागि निरन्तर पहल आवश्यक रहेको बताउदै जिल्लाका मानव अधिकारका सवालमा बिषयमा सवै समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिए । कर्णाली प्रतिष्ठानको सेवा प्रवाहका विषयमा र फोहोर व्यवस्थानमा विषय, जुम्ला–सुर्खेत विमान सुचारुको विषय जोड दिन आवश्यक छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मानव अधिकार क्षेत्र व्यापक भएकाले यसका विभिन्न क्षेत्र भएको बताए ।
उनले सिंजा गाउँपालिका ६ मा स्याउ विरुवा काटिएको विषयमा राम्रो नभएको तर वन अतिक्रमणका लागि जिल्ला वन कार्यालयले सुरक्षा माग गरेको बताए । नेपाली कांग्रेसका नेता घनश्याम नगरकोटीले लागु औषध व्यापक रुपमा बढेकाले यसको नियन्त्रणका लागि सवैको सहकार्य आवश्यक ओैल्याए । नेकपा एमालेका नेता ईन्द्र थापाले मानव अधिकारका सवालमा सवै सचेत हुनुपर्ने बताए । राष्ट्रिय प्रजातान्तिन्त्र पार्टीका अध्यक्ष वेदबहादुर शाहीले मानव अधिकार आयोगको कार्यालय जुम्लामा स्थापित गर्न कहा के गर्नुपर्ने हो तयार भएको धारणा राखे। नेमकिपाका अध्यक्ष पुर्णलाल खत्रीले ठूला राजनिति दलले मानव अधिकारको हननमा ध्यान नदिएको बताए ।
कार्यक्रममा अधिवक्ता देवेन्द्रराज शर्माले मानव अधिकार आयोगको जुम्ला कार्यालय सारिएको विषय गम्भिर भएकाले यसमा सवैको ध्यान दिन जरुरी रहेको बताए । न्यायका लागि आउने कतिपय पिडितहरुको वडावाट सिफारिस हुदा समस्या भईरहेको सुनाए ।
अधिवक्ता नन्दबहादुर खत्रीले अदालतमा न्याय माग्दा आउने विपन्न व्यक्तिका लागि निशुल्क सेवा दिन कानूनी सहायता केन्द्रले काम गर्दै आएको तर्क गरे । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही विभिन्न कालखण्डमा निकै राम्रो काम गरेको मानव अधिकार आयोगको कार्यालयनै सार्ने काम राम्रो नभएको बताउँछन् ।
विभिन्न समयमा पहल भईरहेकाले सवैको यसमा साझा सहयोग आवश्यक छ । जिल्लामा हिंसा पिडित महिलाहरुका लागि आवश्यक कोष स्थापना गरिनुपर्ने, अपांगतामैत्री संरचना वनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्याड नेपालका कार्यकारी निर्देशक धनबहादुर गौतम, पेश नेपालका कार्यकारी निर्देशक किश्वर न्यौपाने, किडाक नेपालका जिल्ला संयोजक दिपराज रावत सहितले शुभकामना राखेका थिए भने अन्तरक्रियामा मानव अधिकार सवालका विभिन्न सुझाव आएका थिए ।






