ट्राफिक व्यवस्थापन अभियानमा सहयोग गर्न : जुम्ला प्रहरीको अपिल


सडक यात्रा सुरक्षित बनाउने जुम्लाका सरोकारवाला निकायले अठोट गरेका छन् । जुम्लामा पछिल्लो समयमा सडकमार्ग असुरक्षित हुँदा सडक दुर्घटना बढिरहेको भन्दै यस्तो अठोट गरेका हुन् । उनीहरुले सडक यात्रा सुरक्षित गर्न ट्राफिक नियमको पालना गराउने, पार्किङ स्थलहरु फराकिलो बनाउदै साककघुरा सडकहरुमा राखिएका चिन्हहरुको पुर्ण कार्यन्वयन गराउने प्रतिबद्धता जनाएका हुन् ।

कर्णाली राजमार्गको विकास र स्थानीय तहले गाउँ–गाउँमा सडक पहुँच विस्तार गरेसँगै बढ्दो सवारी चापपछि ट्राफिक व्यवस्थापनमा देखिएको समस्या हल गर्न पनि उनीहरु एकजुट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर ट्राफिक प्रहरी एक्लैले मात्रै सबै काम गर्न नक्सने भएकोले सबैले साथ दिन आग्रह गरेको छ ।

सडक अतिक्रमण बढेको, नागरिकमा ट्राफिक चेतना नभएको,सवारीले क्षामता भन्दा बढी यात्रु बोक्ने गरेको,विभिन्न ठाउककमा राखिएका ट्राफिक संकेत तथा चिन्हहरुको कार्यान्वयन नभएको, अधिकांश ठाउककमा सडक तथा गल्लीहरु साँघुरो भएको, मनपरी पार्किङ भईरहेको लगायतका समस्या देखिएको जुम्लाका प्रहरी प्रमुख डिएसपी छेदीलाल कामतीले बताए ।

जुम्लाको मुख्य बजारदेखि रारा लिहि, त्रिवेणी कुडारी, तातोपानी, एैरेनी उमगाड, बसपार्क, एयरपोर्ट लगायतका ठाउककमा व्यवस्थित तथा सहज ट्राफिक व्यवस्थापन गर्न सरोकारवालाको रचनात्मक सहयोग चाहिएको उनको भनाइ थियो ।

ट्राफिक व्यवस्थापनलाई अभियानकै रुपमा संचालन गर्न लागिएको पनि डिएसपी कामतीले बताए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले मानवीय प्रयोजनका लागि सडक, गल्ली, सदरमुकामको बजारदेखि ग्रामीण बजार दुर्घटनाको जोखिम बढेको बताए ।

सदरमुकामदेखि जिल्ला भित्रका आठै पालिकाका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनु पर्ने तर्क उनको थियो । उनले ट्राफिक प्रहरीलाई सम्बन्धित स्थानीयतहले आवश्यक सहजीकरण तथा समन्वय गर्न पनि आग्रह गरे ।

चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नगपालिकाले सक्दो सहयोग गर्ने बताए । पार्किङ व्यवस्थापनलाई पहिलो प्रथामिकतामा राखेको बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले यातायात व्यवसायी तथा सवारी चालकलाई पनि ट्राफिक नियमको पालना गर्न अपिलमा गरे । नागरिकममा ट्राफिक चेतना नहुनु र सडक साककघुरो हुनुले पनि जोखिम बढीरहेको उनले तर्क गरे ।
यस्तो अवस्थामा चालक, यातायात व्यवसायी, स्थानीय नागरिक सबै सचेत हुनु पर्नेमा जोड दिए ।

जुम्लाको ट्राफिक व्यवस्थापनलाई विगतको भन्दा प्रभावकारी र सहज बनाउन सबैले आ आफ्नो ठाउककबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । तर जिल्लामा ट्राफिक प्रहरी निकै कम भएकोले सबैतिर नजर पुर्याउन कठिन भएको प्रहरीले जनाएको छ ।

ट्राफिक व्यवस्थापन अभियानमा सहयोग गर्न : जुम्ला प्रहरीको अपिल

YUGAAWHAN NATIONAL DAILY (2081-01-11)