कर्णालीका ३४ हजार बढि परीक्षार्थी सहभागि हुँदै


माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ देखि सुरु हुने भएको छ । कर्णाली प्रदेशका दश वटा जिल्लामा जम्मा परिक्षा केन्द्र संख्या १ सय ८६ रहेका छन । त्यस्तै रूकुम पश्चिममा २३ वटा, सल्यानमा २५ वटा हुम्लामा ६ वटा मुगुमा ८ वटा डोल्पामा ४ वटा कालिकोटमा २४ वटा जुम्लामा १६ वटा जाजरकोटमा २२ वटा दैलेखमा २५ वटा र सुर्खेतमा ३३ वटा गरि जम्मा १ सय ८६ वटा परिक्षा केन्द्र रहेका शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कर्णालीका दश जिल्लामा यस वर्ष नियमित परीक्षार्थी ३४ हजार ९ सय ८२ जना रहेका छन्, जसमा साधारण तर्फ ३३ हजार ८ सय ४२ जना र प्राविधिक तर्फ १ हजार १ सय ४० जना गरि जम्मा ३४ हजार ९ सय ८२ जना रहेको निर्देशनालयले जनाएको छ ।
रूकुम पश्चिममा साधारण तर्फ ३ हजार ४ सय ७० जना र प्राविधिक तर्फ ९६ जना गरि नियमित जम्मा ३ हजार ५ सय ६६ र ग्रेड वृद्दि परीक्षार्थी २७ रहेका छन्, भने छात्र १ हजार ८ सय २६, छात्रा १ हजार ७ सय ६७ गरि जम्मा ३ हजार ५ सय ९३ जना रहेका छन ।
सल्यानमा साधारण तर्फ ४ हजार २ सय ५३ जना र प्राविधिक तर्फ २ सय ९२ जना, गरि नियमित जम्मा ४ हजार ५ सय ४५ र ग्रेड वृद्दि परिक्षार्थि ३७ रहेका छन्,भने छात्रको सङख्या २ हजार १ सय ७ र छात्राके सङख्या २ हजार ४ सय ७५ गरि जम्मा ४ हजार ५ सय ८२ जना रहेका छन् ।
हुम्लामा साधारण तर्फ १ हजार १ सय ५ जना र प्राविधिक तर्फ ८३ जना गरि नियमित जम्मा १ हजार १ सय ८८ र ग्रेड वृद्दि परिक्षार्थि ७ रहेका छन्, भने छात्रको सङख्या ६ सय ४ र छात्राको सङख्या ५ सय ९१ गरि जम्मा १ हजार १ सय ९५ जना रहेका छन् ।
मुगुमा साधारण तर्फ १ हजार २५ जना र प्राविधिक तर्फ ५७ जना गरि नियमित जम्मा १ हजार ८२ र ग्रेड वृद्दि परिक्षार्थि ३१ रहेका छन्, भने छात्रको सङख्या ५ सय ७१ र छात्राको सङख्या ५ सय ४२ गरि जम्मा १ हजार १ सय १३ जना रहेका छन् ।
डोल्पामा साधारण तर्फ ६ सय २४ जना र प्राविधिक तर्फ १ सय ९ जना, गरि नियमित जम्मा ७ सय ३३ र ग्रेड वृद्दि परिक्षार्थि शुन्य रहेका छन्, भने छात्रको सङख्या ३ सय ६८ र छात्राको सङख्या ३ सय ६५ गरि जम्मा ७ सय ३३ जना रहेका छन् ।
कालिकोटमा साधारण तर्फ ३ हजार ६ सय ९ जना र प्राविधिक तर्फ ६४ जना गरि नियमित जम्मा ३ हजार ६ सय ७३ र ग्रेड वृद्दि परिक्षार्थि ६३ रहेका छन्, भने छात्रको सङख्या १ हजार ८ सय ९४ र छात्राको सङख्या १ हजार ८ सय ४२ गरि जम्मा ३ हजार ७ सय ३६ जना रहेका छन् ।
जुम्लामा साधारण तर्फ २ हजार ३ सय ९३ जना र प्राविधिक तर्फ १ सय ३४ जना गरि नियमित जम्मा २ हजार ५ सय २७ र ग्रेड वृद्दि परिक्षार्थि ३० रहेका छन्, भने छात्रको सङख्या १ हजार ३ सय ४३ र छात्राको सख्या १ हजार २ सय १४ गरि जम्मा २ हजार ५ सय ५७ रहेका छन् ।
जाजरकोटमा साधारण तर्फ ४ हजार ५ सय ६० जना र प्राविधिक तर्फ ४२ जना गरि नियमित जम्मा ४ हजार ६ सय २ र ग्रेड वृद्दि परिक्षार्थि ९२ जना रहेका छन्, भने छात्रको सङख्या २ हजार ३ सय २ र छात्राको संख्या २ हजार ३ सय ९२ गरि जम्मा ४ हजार ६ सय ९४ जना रहेका छन् ।
दैलेखमा साधारण तर्फ ४ हजार ८ सय ५८ जना र प्राविधिक तर्फ १ सय ४६ जना गरि नियमित जम्मा ५ हजार ४ र ग्रेड वृद्दि परिक्षार्थि २ सय ५३ जना रहेका छन्, भने छात्रको सख्या २ हजार ४ सय ६७ र छात्राको सख्या २ हजार ७ सय ९० गरि जम्मा ५ हजार २ सय ५७ जना रहेका छन् ।
सुर्खेतमा साधारण तर्फ ७ हजार ९ सय ४५ जना र प्राविधिक तर्फ १ सय १७ जना गरि नियमित जम्मा ८ हजार ६२ र ग्रेड वृद्दि परिक्षार्थि २ सय ८६ जना रहेका छन्, भने छात्रको सख्या ४ हजार १ सय ४१ र छात्राको संख्या ४ हजार २ सय ७ गरि जम्मा ८ हजार ३ सय ४८ जना रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
त्यस्तै बिभिन्न जिल्लामा ग्रेड वृद्दि परिक्षार्थिको जम्मा संख्या ८ सय २६ जना रहेका छन्, भने कर्णालि प्रदेशमा माध्यमिक शिक्षा परीक्षा एसईईमा जम्मा छात्र १७ हजार ६ सय २३ रहेका छन र छात्रा १८ हजार १ सय ८५ जना रहेका छन् ।
दश जिल्लामा रहेका १ सय ८६ परिक्षा केन्द्रमा जम्मा केन्द्राध्यक्ष १ सय ८६ जना खटिने भएका छन्, भने सहायक केन्द्राध्यक्ष २ सय ३९ जना र निरीक्षक १ हजार ७ सय ९२ जना परिक्षा सहायक ३ सय ५८ जना कार्यालय सहयोगी ७ सय १७ जना र सुरक्षाकर्मी २ हजार ७ सय ९० जना गरि जम्मा ६ हजार ८२ जना जनशक्ति खटिने निर्देशनालयले जनाएको हो ।
जसमा रूकुम पश्चिममा केन्द्राध्यक्ष २३, जना सहायक केन्द्राध्यक्ष २४ जना निरीक्षक १ सय ८० जना परिक्षा सहायक ३६ जना कार्यालय सहयोगी ७२ जना र सुरक्षाकर्मी ३ सय ४५ जना गरि जम्मा ६ सय ८० जना जनशक्ति खटिने छन ।
सल्यानमा केन्द्राध्यक्ष २५ जना सहायक केन्द्राध्यक्ष ३१ जना निरीक्षक २२९ जना परिक्षा सहायक ४६ जना कार्यालय सहयोगी ९२ जना र सुरक्षाकर्मी ३७५ जना गरि जम्मा ७९८ जना जनशक्ति खटिने छन ।
हुम्लामा केन्द्राध्यक्ष ६ जना सहायक केन्द्राध्यक्ष ८ जना निरीक्षक ६० जना परिक्षा सहायक १२ जना कार्यालय सहयोगी २४ जना र सुरक्षाकर्मी ९० जना गरि जम्मा २०० जना खटिने छन ।
मुगुमा केन्द्राध्यक्ष ८ जना सहायक केन्द्राध्यक्ष ७ जना निरीक्षक ५६ जना परिक्षा सहायक ११ जना कार्यालय सहयोगी २२ जना र सुरक्षाकर्मी १२० जना गरि जम्मा २२४ जना खटिने छन ।
यस्तै डोल्पामा केन्द्राध्यक्ष ४ जना सहायक केन्द्राध्यक्ष ५ जना निरीक्षक ३७ जना परिक्षा सहायक ७ जना कार्यालय सहयोगी १५ जना र सुरक्षाकर्मी ६० जना गरि जम्मा १२८ जना जनशक्ति खटाउने भएको छ ।
कालिकोटमा केन्द्राध्यक्ष २४ जना सहायक केन्द्राध्यक्ष २५ जना निरीक्षक १८७ जना परिक्षा सहायक ३७ जना कार्यालय सहयोगी ७५ जना र सुरक्षाकर्मी ३६० जना गरि जम्मा ७०८ जना जनशक्ति खटिने छन ।
जुम्लामा केन्द्राध्यक्ष १६ जना सहायक केन्द्राध्यक्ष १७ जना निरीक्षक १२८ जना परिक्षा सहायक २६ जना कार्यालय सहयोगी ५१ जना र सुरक्षाकर्मी २४० जना गरि जम्मा जनशक्ति ४७८ जना रहेका छन ।
जाजरकोटमा केन्द्राध्यक्ष २२ जना सहायक केन्द्राध्यक्ष ३१ जना निरीक्षक २३५ जना परिक्षा सहायक ४७ जना कार्यालय सहयोगी ९४ जना र सुरक्षाकर्मी ३३० जना गरि जम्मा ७५९ जना खटिने भएका छन ।
दैलेखमा केन्द्राध्यक्ष २५ जना सहायक केन्द्राध्यक्ष ३५ जना निरीक्षक २६३ जना परीक्षा सहायक ५३ जना कार्यालय सहयोगी १०५ जना र सुरक्षाकर्मी ३७५ जना गरि जम्मा ८५६ जना खटिने भएका छन ।
र सुर्खेतमा केन्द्राध्यक्ष ३३ जना सहायक केन्द्राध्यक्ष ५६ जना निरीक्षक ४१७ परिक्षा सहायक ८३ जना कार्यालय सहयोगी १६७ जना र सुरक्षाकर्मी ४९५ जना गरि जम्मा १२५१ जना खटिने निर्देशनालयले जनाएको हो ।






