आँखा उपचार केन्द्रबाट उद्घाटन सत्रकै दिन १ सय १९ जनाले लिए सेवा


देवस्थलमा बिहिवार उद्घाटन भएको आँखा उपचार केन्द्रमा १ सय १९ जनाले सेवा लिएका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिकामा बिहिवार देखि विधिवतरुपमा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ ।
बनगाड कुपिण्डे नगरपालिका र नेपाल रेडक्रस सोसाइटि आँखा अस्पतालको सयुक्त सहकार्यमा देवस्थलमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।
उक्त अवसरमा उद्घाटन सत्रमा आज आँखाका विरामिहरुको लागि निशुल्क चेकजाँच समेत गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा रेडक्रस उप शाखा देवस्थलको आयोजनामा भएको आँखा उपचार केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कर्ण वहादुर वुढाथोकिले गरेका थिए ।
नगर वासिले अब भने समान्य चेकजाँचका लागि सुर्खेत र नेपालगञ्ज धाउनु नपर्ने समेत वुढाथोकिको भनाइ रहेको थियोे। सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा चेकजाँच समेत गरिएको छ ।
आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रम नगर उप प्रमुख पुरुषोतम आचार्य,वडा अध्यक्ष थुम वहादुर विसि,गणेश विसि,रेडक्रस जिल्ला सभापति योवन प्रकाश श्रेष्ठ,मन्त्री इन्द्र शर्मा,रामलाल पौडेल,कृषि मन्त्रीका राजनीतिक सल्लाहकार कीर्ति वहादुर राना,दलिय प्रतिनिधि,सुरक्षा निकाय,अन्य जनप्रतिनिधि,विभिन्न शाखा प्रमुखहरु र स्थानीयको उल्लेख्य सहभागीता रहेको थियोे ।
नगर प्रवक्ता तथा ३ नं वडा अध्यक्ष धनवहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडक्रस सभापति पुष्कर विसिले गरेका थिए ।






