सामाजिक विकृति विरुद्ध किशोरी सञ्जाल


जुम्लाको सिँजा गाउँपालिका किशोरीहरु बालविवाह लगायतका कुरीति जन्य क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन् । उनीहरु बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउँछन् । बालविवाह रोकथाममा लाग्न आग्रह गर्छन् ।

सिँजा गाउँपालिका –२ की किशोरी सञ्जाल समुहकी अध्यक्ष रुमा बिष्ट बालविवाहले अनेक प्रकारका हिंसा फैलिइरहेको बताउँछिन् । उनले भनिन्,‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुँदैन । त्यसैमा बच्चा जन्मन्छ । आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ । शैक्षिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन् । कार्यबोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसावले निकै कमजोर अनुभूति हुने गर्छ । जसले जीवनभर दुःख पाइन्छ ।’

उनी गाउँवस्तीमा बालविवाह बारे जागरण फैलाउँदैछिन् । गाउँमा बालविवाहले निम्त्याएको विकृतिका बारेमा अभिभावकलाई बुझाउँछिन् । सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्र्याउनको लागि अपिल गर्छिन् । उनले भनिन्,‘बालविवाह एकैचोटी अन्त्य गर्न सकिने विषय होइन ।

बालविवाहको असर बुझाउँदै जाँदा आफै हराउँदै जाने विषय हो।’उनका अनुसार एक महिना अगाडि आफ्नो वडाको चुलेल गाउँमा हुन लागेको बालविवाह रोक्न सफल भएको बताउँछिन् । अशिक्षा नै हो,राम्रो जीवन, शिक्षा नै हो, स्वास्थ्य, शिक्षा विना अधुरो छ ।

यो जिवनको लक्ष्यझझभनेर अभिभावकलाई सम्झाउने गर्छन् । अहिले सिँजाका किशोरी सामूहिक रुपमा समाजमा थुप्रिएर बसेका कुरीतिका विषयमा आवाज उठाउन थालेका छन् । उनीहरु बालहिंसा, बालविवाह, छाउपडी प्रथा, बाल शोषणका बारेमा सचेतना फैलाउँछिन् । उनीहरु आफूलाई अब्बल सावित गर्न प्रयासरत छिन् ।

सिंजाका किशोरी सञ्जालको तस्बिर

अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतीजन्य क्रियाकलापमा कमी आएको स्थानीय बताउँछन् । स्थानीय तिलाचन्द्र उपाध्याय पुस्ता बदलिँदै जाँदा सोच विचारमा परिवर्तन हुँदै आएको आभाष हुन थालेको बताउँछन् । बाजे पुस्ता अहिले पनि छाउपडी प्रथालाई मान्ने बताउँछन् । बालविवाह गर्दा फरक पर्दैन भन्ने मान्यता राख्छन् ।

बुबा पुस्ताले अब समयसंगै परिवर्तन हुदै जानु पर्ने धारणा राख्न थालेका छन् । छोरा पुस्ता अहिलेको सबै विकृतिजन्य क्रियाकलापको अन्त्य चाहन्छन् ।

पुस्ता बदलिँदै जाँदा समाजमा जरा गाडेर बसेका कुरीतिजन्य क्रियाकलापमा पनि सुधार हुँदै जान थालेको छ । पहिले गोठको एक कुनामा बसेर गाइवस्तुसंग रात बिताउन बाध्य महिला अहिले घरको एक कुनामा सुरक्षित बस्न थालेका छन् ।

पहिले पेटमै हुँदा छोरी दिने चलन हटेको छ । बाल शोषणका क्रियाकलापमा कमी आएको छ । किशोरी सञ्जालकि सचिव शिबलक्ष्मी महतले भनिन्,‘अब समाजमा सचेतना पुगिसकेको छ । कानुनका कुरामा कडाइ गर्न जरुरी छ ।

अहिले सम्म जनचेतना भयो । अब कानुनी प्रक्रिया पनि निकै कडाका साथ अघि बढाउनुपर्छ । यी सबै खाले विकृति पूर्ण रुपमा अन्त्य हुनेछन् ।’ उनी भन्छिन् ।’ पहिले देउता रिसाउँछन् भन्ने डरले छाउ भएको समयमा महिला घरमा बस्दैनथ्ये । अहिले धामी झाँक्री नै घरमा बस्न सुझाव दिन्छन् । पहिले सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने थियो ।

अहिले उमेर नपुगी विवाह गर्न मिल्दैन भन्न थालिएको छ । पहिले बालबालिकालाई काममा जोताउने प्रचलन थियो । अहिले विद्यालयमा नपढाइकन सुख सुविधा पाउँदैनन् भन्ने सन्देश फैलिएको छ ।

यो निकै सुखद पक्ष हो’, सचिव महतले भनिन्,‘समाजको सोच बदल्न हामी गाउँपालिका भित्रका किशोरी सञ्जाल,बाल क्लब,सिओसी समसमुह र किशोर समुह लागि परेका छौँ । अब सबैले साथ सहयोग गर्नुपर्छ । सभ्य समाज निर्माण अवश्य हुनेछ ।’

उनीहरुले बालविवाह रोक्न जनप्रतिनिधि गैरजिम्मेवार बनेको आरोप लगाउँछन् । बालविवाह रोक्न कुनै प्रक्रिया अपनाउँदैनन् । गाउँमा बालविवाह बढ्दा कुनै चासो राख्दैनन् । किशोरी एक स्वरमा भन्छन्,‘आफै कानुन बनाएर शासन गर्न सक्ने अधिकार पाएको गाँउका सिंहदरवारले पनि सामाजिक विकृति रोक्न कुनै चासो देखाएनन् ।

यो बिडम्वना हो । झसिँजाका किशोरीहरु देउडा,सडक नाटक,हाजिरी जबाफ,निबन्ध प्रतियोगिता जस्ता क्रियालकपमा अग्रसर हुन थालेका छन् । उनीहरु कला र प्रतिभाका माध्यमबाट समाजलाई माथि उकास्न चाहन्छन् । प्लान नेपालको साँझेदारी सहयोग पेस नेपाल जुम्लाद्वरा सञ्चालित शसक्त बालिका परियोजना विकृतिजन्य क्रियाकलाप रोकथाम तथा नियन्त्रण सम्बन्धीका प्रशिक्षण तालिम सञ्चालन भएपछि यहाँका किशोरी समाजको नेतृत्व दावी गर्न थालिसकेका छन् ।

यता सिंजा –६ का सिओसीका अध्यक्ष सक्सेस बुढाले भने,‘अब यो समाज परम्परागत रुढीबादी मानसिकता भएकाले चलाउने होइन । अब नयाँ बिचार, नयाँ सोच र नयाँ नयाँ अनुभव बटुलेकाले मात्र चलाउन सक्छन् । यो उदाहरण हामी दिन चाहन्छौँ ।’ अहिले बढ्दो प्रविधिको प्रयोगले समस्या ल्याएको उनीहरुको निष्कर्ष छ । पहिले मागेर बालविवाह हुन्थ्यो, अहिले प्रविधिको दुरुपयोग गरेर भागेर विवाह गरिन्छ ।
उनले भन्छन्,‘प्रविधिको बढ्दो दुरुपयोगलाई नियन्त्रण गर्ने नीति सरकारले ल्याउनुपर्छ। समाज आफै सभ्य बन्नेछ ।’

जुम्लाका एक नगरपालिकासहित सात वटा गाउँपालिकामा सामाजिक विकृतिविरुद्धको अभियान भइरहेको छ । बालविवाहबाट हुने हानी, कानुनी प्रावधान तथा सजायबारे सर्वसाधारणलाई जानकारी गराउन थालेको बताउछन् ।

अहिले गाउँबस्तीमा किशोरीको सक्रियता बढेपछि कुरीतिजन्य क्रियाकलाप न्यूनीकरण हुदै छन् । उनीहरुल उमेर नपुग्दासम्म विवाह नगर्ने अडान अभिभावकबीचमा गर्न थालेका छन् । उमेर नपुग्दै विवाह गर्नु जीवनको बर्बादी मात्र हो । आर्थिक सामाजिक, शारीरिक हिसावले कमजोर हुनु हो । साजनाले भनिन्,‘परिपक्क उमेरमा विवाह गरौँ । परिपक्क सन्देश छरौँ भन्नेतिर लागेका छौँ ।’ सिओसीका अध्यक्ष सक्सेस बुढाले भने,अर्की किशोरी ‘ अन्तिमा जिशीले बालविवाहबारे चेतना मात्र होइन समाजका अन्य गलत संस्कारलाई समेत हटाउने प्रयास गर्दै आएको उनले बताइन् ।

‘जाँड रक्सी, जुवातास र बहुविवाह लैंगिक हिंसालगायतका विकृतिबारे पनि समाजमा जानकारी गराउछौं’ उनले भनिन्, ‘दिगो विकासका लक्ष्यमध्ये बालविवाह न्यूनीकरण पनि एक हो, लक्ष्य प्राप्ति गर्न र हाम्रो समाजलाई समन्नुति तिर लैजानका लागि बालविवाह घटाउन आवश्यक भएको उनले बताइन् । किशोरी सक्रिय हुन थालेपछि विकृति भाग्न थालेको आभाष हुन थालेका छ ।

सामाजिक विकृति विरुद्ध किशोरी सञ्जाल

घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

सामाजिक विकृति विरुद्ध किशोरी सञ्जाल

कर्णाली पुुलमा आवागमन बन्द: आगलागीबाट ‘सपोट’ डोरीमा