कृषि विकास बैंकले माग्यो १ सय १२ जना कर्मचारी

कृषि विकास बैंकले विभिन्न पदमा १ सय १२ जना कर्मचारी माग गरेको छ ।

शुक्रवार बैंकले सूचना प्रकाशन गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म १ सय १२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, एक जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालका लागि आवेदन खुलाएको हो ।

उक्त पदका लागि योग्यता पुगेका नागरिकले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

थप विवरण :

कृषि विकास बैंकले माग्यो १ सय १२ जना कर्मचारी

रैथाने बाली जोगाउँ, खान सिकाउँ

कृषि विकास बैंकले माग्यो १ सय १२ जना कर्मचारी

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ३०