२०८२ फाल्गुन ५ गते
×

Now Playing

जुम्लामा प्रजातन्त्र दिवस: सदरमुकाममा स्थानीय बाजागाजा प्रभातफेरी, सिञ्जामा सरसफाई

जुम्लामा प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । ७४ औ प्रजातन्त्र दिवसको अवसरमा गठित जिल्लाको मुलसमारोह समितिले प्रभातफेरी गरेर दिवस मनाएको छ । जिल्ला समन्वय समिति जुम्लाको संयोजकत्वमा, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवाला निकायहरुले दिवस मनाएका छन् ।

दिवसको अवसरमा स्थानीय बाजागाजा सहित प्रभातभेरी कार्यक्रम गरिएको छ । जुम्लाको सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले प्रजातन्त्र सँगै अहिलेको व्यवस्थालाई सफल बनाउन तथा कार्यान्वयन गर्न सवैले प्रथामिकता दिन आवश्यक रहेको बताए।प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले १०४ बर्षिय जहानिया राणा शासन पछि २००७ सालमा आएको प्रजातन्त्रले नेपाली जनताको स्वतन्त्रताको दिनको शुरुवात भएको बताए ।

उनले प्रजातन्त्र जनताद्धारा जनताका लागि गरिएको शासन व्यवस्थाको शुरुवात भएकाले यो व्यवस्था स्मरणीय बताए।प्रजिअ घिमिरेले दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरि मनाईएको जानकारी दिदै आगामी दिनमा हर्ष उल्लासका साथ मनाईनुपर्ने बताए।जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख लग्नमाया भण्डारीले प्रजातन्त्र पछि जनताका प्रतिनिधिहरुले राज्य व्यवस्थामा सहभागिता जनाएको दिनको स्मरण गरिन्।उनले प्रजातन्त्र, गणतन्त्र ल्याउन नेपालको जनताको कुरवानी ठूलो भएकाले दिवसको सम्मान गरे ।

सिञ्जामा प्रजातन्त्र दिवस विभिन्न स्थानीय तहले पनि मनाएका छन् । जिल्लाको सिञ्जा गाउँपालिकामा बजार सरसफाई, बृक्षारोपण र प्रभातफेरी गरिएको छ । सिञ्जा गाउँपालिकाका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार गाउँपालिका रहेको नराकोट बजारमा सरसफाई र खोला क्षेत्रमा वैसका विरुवा रोपिएको बताए।

उनका अनुसार सो सँगै दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम समेत गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा फागुन ६ गते वृक्षारोपाण, ७ गते प्रभातफेरी र ८ गते जुम्ला सदरमुकाम कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।

जुम्लामा प्रजातन्त्र दिवस: सदरमुकाममा स्थानीय बाजागाजा प्रभातफेरी, सिञ्जामा सरसफाई

साथी सहयोगी समूहलाई अभिमुखिकरण

जुम्लामा प्रजातन्त्र दिवस: सदरमुकाममा स्थानीय बाजागाजा प्रभातफेरी, सिञ्जामा सरसफाई

लोकसेवा आयोग मै छैनन् दरवन्दी अनुसारका कर्मचारी