सल्यानका पाँच सामुदायीक विद्यालयमा बालमैत्री पुस्तकालय


सल्यानका पाँच सामुदायीक विद्यालयमा बालमैत्री पुस्तकालयको उद्घाटन गरिएको छ । एकै दिन जिल्लाको त्रिवेणी गाउँपालिकामा पाँच पुस्तकालयको उद्घाटन गरिएको हो । त्रिबेणि गाउपालिका, रुम टु रिड र दलित बिकास समाजको संयुक्त साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गत बालबालिकाको पढ्ने सीप र बानीको बिकास गरि स्वतन्त्र पाठक बनाउने उदेश्यले बालपुस्तकालय स्थापना गरिएका हुन् ।
चण्डेश्वरी आवि लुहाम, बालकल्याण आवि सालिबाङ, गायत्रि आवि ढोरचौर, सिद्ध आवि चैतेडाडा र माध्यामिक विद्यालय टोड्केमा एकै दिन बाल पुस्तकालय उद्घाटन गरिएको साक्षरता कार्यक्रम सल्यानका सिनियर कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए ।
पुस्तकालय स्थापना संगै बालबालिकाले बालमैत्री बाताबरणमा आफ्नो स्तर सुहाउँदो पुस्तकहरु रमाइ रमाइ पढ्ने, घरमा पुस्तक लिएर पढ्न पाउने, शृजनात्मक अभ्यास गरेर प्रदर्शन गर्ने र बाल कथा कबिताको सिर्जना गर्नसक्ने छन् ।
चण्डेश्वरी आवि लुहाममा पुस्तकालयको उद्घाटन गर्नै त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बालपुस्तकालयले बालबालिकाको पढाईमा सुधार ल्याउने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत खुमराज केसी र बाल क्लवका अध्यक्षले संयुक्त रुपमा पुस्तकालयको उद्घाटन गरेका थिए ।
वाड न ६ का वाड अध्यक्ष मनोज शाहले साक्षरता कार्यक्रम लागू भएपछी सरकारी बिद्यालयमा राम्रो पढाइ हुँदै गएकोले आफ्नो छोरी लाई जिनी विद्यालयबाट ल्याएर सामुदायीकमा नै पढाइरहेको बताए । यस्तै वाड नम्बर २ को बालकल्याण आविमा पुस्तकालयको उद्घाटन गर्दै गाउपालिका उपाध्यक्ष सीता खडकाले साक्षरता कार्यक्रमले पढ्ने सीप बिकासमा टेवा पुराउदै आएकोले गाउपालिकाले पनि लगानि गरेर साझेदारी गरेको बताइन् । आगामी दिनमा शिक्षा क्षेत्रमा अझ लगानी बढाउने उनको प्रतिवद्धता छ । मावि टोड्केमा वाडाध्यक्ष्य कर्णदेब डाँगी, सिद्ध आविमा वडाध्यक्ष छविराज शर्मा, गायत्री आविमा वडाध्यक्ष बिमल रावतको साथमा बालबालिकाको सहभागीतामा पुस्तकालयहरु उद्घाटन गरिएको थियो ।
सानो उमेरमा साधरण साक्षरता सीपको बिकास भएमा भबिस्यमा बालबालिकाहरुको कक्षा छोड्ने दर घट्दै जाने र उनिहरुको जीवन गरिबिको रेखा भन्दा माथी रहेर बित्ने गरेको धेरै तथ्यांकहरुले देखाएकोले साक्षरता सीप हासिल गराउन सबै लाग्नु पर्नेमा रुम टु रिड का बरिस्ट कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बताए । रुम टु रिडका कार्यक्रम सहायक तपेन्द्र ओलि, दलित बिकास समाजका साक्षरता कार्यक्रम जिल्ला संयोजक टेकराज शाही, कमल महतरा, सुनिल नेपालीले कार्यक्रमको उदेश्यबारे स्पष्ट पारेका थिए ।






