आमाको मृत्युपछि चार महिने शिशुसहित तीन बालबालिका बिचल्ली


एकहप्ता अगाडि मौसमी रुघाखोकीबाट सोरु गाउँपालिका–६, पुरुमुरु गाउँकी २४ वर्षीया कुसुम ढोलीको मृत्यु भयो । कुसुमको मृत्यु भएपछि चार महिने शिशुसहित तीन बालबालिकाको बिचल्ली भएको छ । उनका चार महिनाकी एक छोरी, पाँच वर्षीय छोरा र तीन वर्षीया छोरी अलपत्र परेका हुन् ।

कुसुमका सुसुरा सलबहादुर ढोलीले बुहारीको मृत्युपछि नातिनातिनाहरू सम्हाल्न गाह्रो भएको दुखेसो पोखे। उनले भने,’बुहारीको मृत्युले दुःखीमात्रै छैनौं यि साना नातिनातिनाहरू कसरी सम्हाल्ने भन्ने पिरलो थपिएको छ ।’

उनले नातिनातिनाले आमा कहाँ जानु भयो भनेर सोध्ने गरेको र आफूले केही समय पछि आउँछिन् भनेर झुटो बोल्ने गरेको बताए । उनले छाक टार्नै धौधौ भइरहेका बेला बुहारीले छोडेर गएपछि बालबालिकाहरूलाई के खुवाएर पाल्ने चिन्ता थपिएको बताए ।

सलबहादुर आफू पनि बिरामी छन् । उनका भाइबुहारी पनि ज्वरोले थलिएका छन् ।
परिवारको गर्जो टार्न कुसुमका ससुरा सलबहादुर र श्रीमान धान्ने ढोली गत मंसिरमा भारत गएका थिए । उनीहरू भारत गएको दुई महिना नबित्दै घरमा कुसुम बिरामी परिन् । बिरामी भएको खबर पाएपछि बुवा छोरा घर फर्किए । तर उनीहरु घर पुग्ने वित्तिकै कुमुसले संसारबाट बिदा लिइन् ।
अहिले गाउँभरी रुघाखोकी र ज्वरो फैलिएको छ । रुघाखोकी र ज्वरोले सयौंजना थलिएका छन्। रुगाखोकीका कारण सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा कुसुमसहित अन्य दुईजनाको मृत्यु भएको छ । १ सय ३५ जना थला परेका छन् ।

उक्त गाउँमा जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली पुगी चेकजाँच गरेका थिए । बिरामीहरूको स्वाभ संकलन गरी काठमाडौं पठाइएको छ । रिर्पोट आउन केही समय लाग्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताएका छन् ।

आमाको मृत्युपछि चार महिने शिशुसहित तीन बालबालिका बिचल्ली

गठबन्धन सरकारले एक कार्यकाल पूरा गरे पनि

आमाको मृत्युपछि चार महिने शिशुसहित तीन बालबालिका बिचल्ली

उत्पादित कृषि उपज बेच्दै किसान