मुगुमा सिजनल ज्वरोले ३ जनाको मृत्यु भएको आशंका, घर घरमा विरामी


हिमाली जिल्ला मुगुको सोरुगाउँपालिका – ६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण ३ जनाको मृत्यू भएको आशंका गरिएको छ। उनिहरुको एकसाता अघि मृत्यु भएको हो। मृत्यू हुर्नेमा सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका बर्ष ७२ का हरि बहादुर शाही, बर्ष ७५ की कृती छत्याल र बर्ष २४ की कुशुम ढोली छन।पुरुमुरु,जिमा ,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च, लगायतका दर्जन बढि बस्तीका घरघरमा ज्वरो,रुगाखोकि लाग्ने,श्वास फेर्न गार्हो हुने ,टाउको दुख्र्ने र नाक मुख सुख्या हुने जस्ता लक्षण देखा परेको छ।
घरमा रहेकी माहीली बुहारीलाई १ हप्ता पहिले देखी रुगा,खोकी ,ज्वरो आउर्ने ,खाना खान मन नलाग्र्ने लक्षण देखीए पछि गाउँपालीका केन्द्र नजिकै रहेको मेडिकलमा लगेर उपचार गरे , औषधी खाए पनि सन्चो नभएपछी मुगु जिल्ला अस्पताल लिदै गर्दा बुहारीको बाटो मै मृत्यु भयो,ू अहिले मलाई र घरमा भाई बुहारीलाई पनि रुगाखोकीले थला पारेको बिरामी सल बहादुर ढोलीले बताए।
उनले भन्छन्, गाँउभरी बिरामी छन । सोरुगाँउपालिका विभिन्न बस्तिहरुमा भाइरल ज्वरो खोकिका बिरामीहरु बढदै गएको र मृत्युसम्म भएको थाहा पाए पछि जिल्ला अस्पताल मुगुसंग सहकार्य गरेर मेडिकल डाक्टरले स्वास्थ्य क्याम्प बसालेर अनुसन्धान गरिरहेको छ।बिरामीहरुको खकार र रगत चेक गरेपछि मात्र के कारण गाँउमा धेरै बिरामी भएको हुन कुन रोग हो भन्न सकिने अहिले को लक्षण हेर्दा मौसम परिवतन संगै सिर्जनल ईन्फुलुज भाईरल ज्वरो,जस्तो देखीएको सोरुगाँउपालिका स्वास्थ्य शाखा प्रमुख चरीत्र धामीले बताए। उनले भने,हामीले माघ ९ गतेदेखि उक्त ठाउँमा स्वास्थ्य क्याम्प गरेर सेम्बल लिएका छौँ।रिपोर्ट अब तत्कालै सुर्खेत, नेपालगन्ज र काठमाडौ पठाउने तयारी गरिरहेका छौँ।रिपोर्ट के आँछ,अनि मात्रै भन्न सकिने बताए।र अन्य वडामा पनि स्वास्थ्यकर्मी संग बुझ्दा फाट्टफुट्ट लक्षण मिल्दोजुल्दो बिरामी देखिन्छन्।
यता जिल्ला स्वास्थ्य कार्यालय मुगुका डाक्टर सहीतको टोलीले मंगलबार सोरुगाँउपालीका -६ पुरुमुरु र जिमा गाँउका १ सय ५० जना भन्दा बढीलाई स्वास्थ्य परिक्षण गरी रुगा,खोकी ज्वरो,शरीर दुख्र्नेको औषधी बितरण गरेको थियो।कोभिड १९ ,मलेरीया,औलो, लगायतको समेत चेकजाँच गरीएको खासै अन्य कुनै पनि भाईरस नदेखीएको स्वास्थ्यकर्मी बताउँछन्। विरामीका लक्षण हेर्दा मौसमी भाईरस हुन सक्र्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताए।






