पत्रकार महासंघ जुम्लामा पुस्तकालय किताव अभियान शुरु


नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कर्णाली क्षेत्र र नेपालभरी पाईने महत्वपूर्ण कितावहरु राख्ने उद्देश्यले महासंघ भित्रै पुस्तकालय स्थापना गरेको हो।पत्रकार महासंघ जुम्लाको पहलमा कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोगमा ९२ वटा पुस्तक पहिलो चरणमा चन्दननाथ नगरपालिका मार्फत खरिद गरिएको छ ।

महासंघमा अन्य व्यक्ति र संघ संस्थाले उपलब्ध गराएका गरि करिब एक सय बढि पुस्तकबाट महासंघ भित्र पुस्तकालय शुरु गरिएको अध्यक्ष नेत्रबहादुर शाही बताए।अध्यक्ष शाहीका अनुसार जिल्लामा पुस्तकहरु कर्णालीमा नपाईने भएकाले कर्णाली लेखकहरुका आवश्यक पुस्तकहरु यस पुस्तकालयमा राखिनेछ ।

तीन हजार पुस्तकको लक्ष्य सहित संकलन अभियान गर्ने

महासंघले अवको ३ बर्षमा तीन हजार पुस्तक राख्ने अभियान अगाडि सारेको छ । महासंघ शाखा जुम्लाको सचिवालय वैठकले गरेको निर्णय अनुसार आगामी ३ बर्षमा ३ हजार पुस्तक पुरयाईने लक्ष्य रहेको छ । यस अभियानका लागि हरेक बर्ष एक हजार पुस्तक भित्र्याउने अभियान अन्तरगत केही नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोग तथा लेखक तथा सहयोगी महानुभावबाट किताव संकलन अभियान शुरु गरिने छ ।
स्थानीय संचार माध्यामको रेकर्ड राखिने
यसैगरी नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्लामा स्थापित तथा सञ्चालित विधुतीय तथा छापा स्थानीय संचार माध्यामको रेकर्ड राख्ने भएको छ ।

त्यसका लागि सार्वजनिक सूचना आवह्रान समेत गरिने भएको हो। यसका साथै जुम्लामा दर्ता भएका पत्रपत्रिकाको सक्कल कपी जुम्ला महासंघको पुस्तकालयमा राख्न पनि सार्वजनिक सूचना गरिने भएको पत्रकार महासंघ जुम्लाले जानकारी दिएको छ।

महासंघका अध्यक्ष शाहीले ईतिहास मेटिदै जाने भएकाले पत्रपत्रिकाको रेकर्ड पत्रकार महासंघमा राखिने बताए।महासंघको पुस्तकालयमा कर्णालीका लेखक तथा पत्रकार रत्नाकर देवकोटाको बहृत जुम्ला राज्यको ईतिहास, डोरवहादुर बिष्टको भाग्यवाद र विकास आधुनिकीकरण, ग्रीष्मबहादुर नेपालको छापाखाना र पत्रपत्रिकाको ईतिहास, भानुभक्त आचार्यको आम सञ्चार र पत्रकारिता अध्ययन, रघुमैनालीको रेडियो पद्धति, टोनी हेगनको नेपालमा खोज यात्रा, सत्यमोहन जोशी, स्थिर जंगबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ,चुडामणि वन्धु, प्रदिप खनालका कर्णाली लोकसस्कृति सहितका खस सभ्यता र पत्रकारिता क्षेत्रका, स्थानीय लेखकका महत्वपूर्ण केही किताबहरु राखेर मषहासंघमा पुस्तकालय शुरु गरिएको अध्यक्ष शाही बताउँछन् ।

पत्रकार महासंघ जुम्लामा पुस्तकालय किताव अभियान शुरु

९ प्रतिशतले घट्यो आन्तरिक आम्दानी