कुखुरा फार्ममा आगलागी हुदा लाखौंको क्षति

गुर्भाकोट नगरपालिका–२ ढावमा रहेको कृषि फार्ममा आगलागी भएको छ । शनिवार राति ११ बजे स्थानीय लोकबहादुर वलीको कुखुरा फार्ममा आगलागी भएको हो ।

आगलागीबाट कुखुरा फार्ममा रहेका एक हजार पाँच सय बोइलर कुखुरा, २५ बोरा कुखुराको दाना र पोल्ट्री फर्म जलेर नष्ट भएको छ । स्थानिय लोकबहादुर वलीले सञ्चालन गरेको चिसापानी पशुपंक्षी कृषि फार्ममा अचानक आगलागी भएको हो ।

आगलागीबाट कुखुरा, दाना र पोल्ट्री फर्म पूर्णरुपमा जलेर नष्ट भएको र क्षति भएको प्रहरी चौकी मालारानीका प्रहरी चौकी इन्चार्ज बरिस्ट हवल्दार जयबहादुर घर्तीले जानकारी दिए । आगो प्रहरी र स्थानीयवासिले नियन्त्रणमा लिएका थिए ।

कुखुरा फार्ममा आगलागी हुदा लाखौंको क्षति

जुम्लामा सशस्त्र प्रहरीको भवन उद्घाटन

कुखुरा फार्ममा आगलागी हुदा लाखौंको क्षति

भूकम्प पीडितलाई नेशनल लघुवित्तको ५० लाख सहयोग